‘आफु पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ओलीका कारण देश बर्बाद भयो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेको संज्ञा दिएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले आफु पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका हुन्।

भट्टराईले संकटको बेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताए। ओलीले सङ्कटका बेला जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड गरिरहेको पनि आरोप लगाए।

यस्तै उनले सत्तारुढ नेकपा भित्रको विवादका कारण देश नै बर्बाद हुने अवस्थामा पुगेको पनि बताए। सङ्कटको समयमा सत्ताको भागबण्डामा महिनौं बर्बाद गरेर सरकारले देश र जनताको जीवनमाथि खेलवाड गरेको उनको बुझाई छ।

“उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ। मध्यम मान्छेले अर्कोले भनेको मान्छ। ‘अधम’ मान्छेले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन। म चाहिँ हाम्रा शासकलाई अधमको कोटीमा राख्‍न चाहान्छु। किनकी यस्तो संकटमा शासन सत्तामा बस्‍ने मान्छेको आफ्नै किचलो र झै-झगडा, सत्ताको भागबण्डामा महिनौं बर्बाद गरिरहेको छ। देश र जनताको जीवनमाथि खेलबाड गरिरहेको छ।”,उनले भने।

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७११:१३

मौद्रिक नीति: बिग मर्जरलाई प्रोत्साहन गर्न यस्तो प्याकेज, होटललाई थप सुविधा !