‘बाहुबली’ को यो सिन शूट गर्न लागेको थियो निकै समय, यस्तो छ अग्लो झरनाको वास्तविकता !

एसएस राजामौलीको  फिल्म ‘बाहुबली’ र ‘बाहुबली २ ‘ ले  भारतीय सिनेमाको इतिहास नै रचेको थियो । बक्स अफिसमा कैयौँ रेकर्ड  तोडेपछि यी दुई फिल्म आफ्नो  स्पेशल इफेक्ट्स र भव्य सेटलाई लिएर पनि चर्चामा रहे ।  ‘बाहुबलीः द बिगनिंग’ रिलीज भएको ५ वर्ष भईसक्यो। यसै मौकामा तपाईहरुलाई बताउनेछौ  कि मेकर्सले फिल्म बनाउन के-के गरे। ‘बाहुबली’ को हरेक सिन  छुट्टै छ। फिल्मको सुरुवातमा  एक सीन थियो जुनमा  बाहुबली १०००  फिट  माथि चढ्ने कोसिस गर्छ। यो झरनाको बारेमा मेकर्सले बताएका थिए कि झरनाको यो  सीनलाई  टिशू पेपरको  सहायताले  शूट गरिएको थियो। टिशू पेपरलाई लामो साइजमा काटेर पानी जस्तै मेसीनबाट झारेका थिए।

त्यही नै प्रभासले पहाड चढ्ने ट्रेनिंग लिएका थिए। साथै फिल्मको केहि सीन केरलाको झरनामा पनि  बनाईएको थियो।  फिल्ममा  माहिष्मति किंगडमको पनि निकै चर्चा भएको थियो। यो सेट पेरिसको  आइफिल  टावरको बराबर थियो। माहिष्मति प्यालेसको  सेटलाई बनाउनको लागि १९०० मान्छेले १०० दिनसम्म काम गरेका थिए। फिल्मको  पहिलो भागमा भल्लाल देवको  रथ त तपाईलाई याद नै होला। यसमा ४ ओटा  ब्लेड लागाइएको थियो। टीमलाई यसको विचार किसानले धान  देखेर भएको थियो। यसलाई चलाउनको लागि १ लाख रुपैँयाको बुलेट किनेको थियो र  रथमा   फिट गरिएको थियो।

बाहुबली सिरीजको लागि पुरै क्रू मेम्बर बिहान ३ बजेर ३० बजे उठेर शूटिंग सुरु गरेका थिए। यस्तो मेहनत फिल्म क्रु मेम्बरले पाँच वर्षसम्म गरेको थियो।  फिल्मको युद्ध सीनमा  टेक्नोलोजीको निकै प्रयोग गरिएको थियो। फिल्ममा क्लाइमेक्स शुट गर्न सबैभन्दा गाह्रो भएको थियो। २ मिनेटको सिनको लागि करिब १०० दिन लागेको थियो। माहिष्मति किंगडममा लगिएको  भल्लालदेवको  स्ट्याचुको तौल ४०० किलो थियो। यसलाई करिब ४०० जनाको टीमले बनाएको थियो। मूवीको  क्रू मेंबर्सलाई  भल्लालदेवको  मूर्ति  राख्ने आइडिया ग्रीसकोम कोलोस्सस अफ रोहड्स देखेर आएको थियो।

युद्धको समयमा  सेटमा  १५००  सैनिक थिए। तर  थ्री  डीको टेकनिकले यिनीहरुलाई ५ लाख सैनिकमा बद्लीएका  थिए। क्लाइमेक्सको यो सीन भारतीय सिनेमाको सबैभन्दा ठुलो  क्रोमा सीन हो । यसमा  एल शेपको  हरियो पर्दा प्रयोग गरिएको थियो।

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७१४:००

विवाहित भएर पनि अन्य पुरुषसँग चुम्बन गर्न हिच्किचाउँदैनन् यी बलिउड नायिका !