धेरै फेशियल हुनसक्छ मुहारको हानिकारक, हुनसक्छ यस्तो समस्या !

मुहारको सुन्दरता र चमक बढाउन प्राय: महिलाहरु फेशियल गर्ने गर्छन्। फेशियल गराउना साथ अनुहारमा चमक आउन थाल्छ। तर धेरै फेशियल गर्नाले केहि साइड इफेक्टस् देखा पर्न सक्छ छालाको लागि हानिकारक पनि हुन सक्छ।

चिलाउनु 

फेशियल गर्दा केमिकल युक्त क्रिम तथा कस्मेटिक चिजको प्रयोग गरिन्छ जुन सबैको छालाका लागि उपयुक्त हुन्छ भन्ने छैन । यसको साइड इफेक्टको रूपमा चिलाउने समस्या पनि आउन सक्छ। यतिनै हैन यो  तपाईंको छालाको लागि हानिकारक पनि हुनसक्छ ।

धब्बा 

फेशियल गर्दा सहि प्रक्रिया नहुनाले अथवा अत्यधिक स्क्रबिंग वा गलत मसाजले गर्दा छालामा रातो धब्बा पनि देखा  पर्न सक्छ जसले अरु थुप्रै समस्या निम्त्याउँन सक्छ।

डण्डीफोर

केहि महिलाहरुको गुनासो हुन्छकि फेशियल गरिसकेपछि अनुहारमा डण्डीफोर आउने गर्छ। यसको मुख्य कारण भनेको तपाईंको रोमछिद्रों खुल्नु हो। रोमछिद्रों खुल्नाले सेबम निर्माण हुन्छ र तपाईंको छालामा तेलको मात्र बढि हुन्छ जसले गर्दा डण्डीफोर आउँछ।

एलर्जी

अनुहारको सुन्दरताको लागि धेरै प्रकारको फेशियल गरिन्छ जसमा अनेक प्रकारका उत्पादन प्रयोग गरिन्छ। छालाको लागि सहि  प्रकारका क्रिम प्रयोग गर्न जरूरी हुन्छ । यदि त्यसो भएन भने एलर्जी पनि  हुनसक्छ।

पी.एच सन्तुलन  

यदि तपाईं नियमित रूपमा फेशियल गर्नुहुन्छ भने तपाईंको छालामा नमि कम हुन सक्छ जसले गर्दा छालाको पी.एच सन्तुलन पनि बिग्रिन सक्छ।

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७१४:३३

पिठ्युँ र गर्दनको दुखाईबाट सजिलै यसरी पाउनुहोस् छुटकारा !