काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओलीलाई सत्ता हटाएर देश बचाउन आह्वान गरेका छन्।

शनिबार एक ट्वीट गर्दै जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले ओलीलाई सत्ता हटाएर देश बचाउन आह्वान गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीकाे बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेकाे भट्टराईको विश्लेषण छ।

उनले ओलीलाई हिटलरसँग दाँजेका छन्। उनले हिटलर पनि निर्वाचित र राष्ट्रवादी थिए भनेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादलाई लिएर नेकपा अलमलमा परेको टिप्पणी गरेका छन्।

“प्रम केपी ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ। कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीयधार्मिक द्वेष,राज्यका अंग!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि ह-तियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं”,भट्टराईले ट्वीटरमा लेखेका छन्।
प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं
— Baburam Bhattarai (@brb1954) July 18, 2020
![]()

