यी राशिका मानिस हुन्छन् विश्वसनीय, दिँदैनन् धोका !

ज्योतिषशास्त्रका अनुसार १२ राशि चिन्ह छन् र हरेक राशिका केहि विशेषता हुन्छन्। यी राशिको आफ्नै भाग्य पनि हुन्छ जसले उक्त राशिका व्यक्तिको  प्रकृति, चरित्र र जीवनलाई पूर्ण रूपले प्रभाव पार्छ। केहि राशिका व्यक्तिहरू धेरै यात्रा गर्न मन पराउने हुन्छन्, केहि राशिका मानिसहरू क्रोधित स्वभावका हुन्छन्, कोहि चाडै घुलमिल हुने खालका  हुन्छन् र केहि अरूलाई सँधै दमन गर्ने प्रयास गर्छन्।

यस्तै, कुनै राशिका मानिस सजिलै विश्वास गर्न नसकिने हुन्छन्| तर यी ५ राशिका मानिस भने विश्वास गर्न योग्य हुने गर्छन्, किनभने यिनीहरुले कहिल्यै पनि कसैलाई धोका दिने बारेमा सोच्न पनि सक्दैनन्|

वृष राशि 

यस राशिका व्यक्तिहरू अत्यन्तै विश्वास गर्न योग्य  हुन्छन्। यी व्यक्तिहरू आफूले माया गर्ने मानिसको धेरै ध्यान राख्छन् यिनीहरू आफ्नो भन्दा अरूको खुशीको ख्याल राख्छन्।

कर्कट राशि 

कर्कट राशिका व्यक्तिले कसैलाई हानि गर्ने काम गर्दैनन्। साथै यिनीहरु निकै विश्वसनीय पनि हुन्छन्| यी व्यक्ति कहिल्यै पनि अरुको कुभलो सोच्दैनन्| यस राशिका मानिस अरुको खुशीको लागि जे पनि गर्न तयार हुन्छन्|

तुला राशि 

यो विश्वास गरिन्छ कि यस राशिका व्यक्ति अरूलाई चोट पुर्‍याउन चाहँदैनन्। तिनीहरू अरुको भावनाहरूको ख्याल राख्छन् र यस कारणले तिनीहरू कसैलाई धोका दिदैनन्।

वृश्चिक राशि 

यस राशिका मानिस जीवनमा आउने सानो सानो खुशीमा रमाउने कोशिश गर्छन्| यसै कारणले गर्दा मानिस यिनीहरु प्रति आकर्षित तथा प्रशन्न हुन्छन्| यिनीहरु अरुलाई धोका दिन सक्दैनन्|

मकर राशि 

मकर राशिका मानिस कुनै पनि सम्बन्धलाई पूरा शिद्दतले निभाउने प्रयास गर्छन्| यिनीहरुलाई आफ्नो मान्छेको खुशी निकै प्यारो हुन्छ| साथै यिनीहरु कसैको दिल दुखाउने तथा धोका दिने बारेमा सोच्न पनि सक्दैनन्|

प्रकाशित : शनिबार, साउन ०३, २०७७१४:१८

अग्नि तत्वसँग सम्बन्धित सिंह, मेष र धनु राशिका व्यक्तिहरु यस कारण हुन्छन् खास !