काठमाडौँ – साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । विशेषतः महिलाहरु साउन महिनालाई धेरै नै महत्व दिन्छन्। महिलाहरु यस महिना हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक हुने कोशिस गर्छन्।

भगवान शिवलाई प्रकृतिसँग विशेष रुपमा जोडिएका भगवानको रुपमा मानिन्छ। यहि कारणले गर्दा साउनको महिनामा महिलाहरु हरियो चुरा, हरियो कपडा लगाउने गर्छन्।

यसै बीच नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धरलाई पनि साउन महिनाले छोएको छ। उनले सामाजिक संजालमा केहि ‘श्रावण महिनाको नक्कल’ भन्दै केहि तस्विरहरु सार्वजनिक गरेकी छन्।

सार्वजनिक तस्विरहरुमा उनी धेरै नै सुन्दर देखिएकी छन्। ढल्कँदै गरेको उमेरका बाबजुत पनि उनको सुन्दरतामा कुनै कमी नआएको देखिँदैन। तस्विरहरुलाई लिएर धेरैले उनको प्रशंसा गर्दै प्रतिक्रिया दिरहेका छन्।

तस्विर : करिश्माको फेसबुकबाट

