एजेन्सी – अभिनेता सुशांत सिंह राजपूतको मृत्यु भएको करिब एक महिना पश्चात उनकी प्रेमिका भनिएकी रिया चक्रवर्ती एक ट्वीट गरिन्। ट्वीट मार्फत उनले सुशांत सिंह राजपूतको मृत्यु बारे सिआइबि जाँचको माग गरिन्।
रियाले गृह मन्त्री अमित शाहलाई यो कुरा गम्भीरताका साथ लिन र सीबीआईद्वारा अनुसन्धान गराउन आग्रह गरेकी थिइन्। एक महिना सम्म चुपचाप बसेकी उनको यस किसिको ट्वीट एक किसिमको तरंग नै पैदा गर्यो। एक महिना पछि उनले यस्तो माग किन गरिन् भन्ने प्रश्न उब्जियो।
सामाजिक संजालमा उक्त मागलाई लिएर रिया ट्रोल र आलोचनाको शिकार भइरहेकी छन्। एक महिना सम्म सुशान्त बारे नबोल्न उनलाई कसले रोक्यो भन्ने सुशांतका प्रशंसकहरुको प्रश्न छ।
यति मात्र नभई निर्देशक महेश भट्टसँगको सम्बन्धलाई लिएर पनि उनी आलोचनाको तारो बनिरहेकी छन्। महेश भट्टले सुशान्तको अवसान पश्चात दिएको अभिव्यक्तिसँग जोडेर पनि रिया माथि आलोचना भैरहेको छ। भट्टले सुशान्तले कुनै दिन अप्रिय कदम उठाउन सक्छन् भन्ने आफूलाई पहिला नै लागेको बताएका थिए।
सिआइबि जाँचको माग गरेकी रिया माथि ‘नाटक’ गरेको आरोप लागिरहेको छ। सुशान्त बारे केहि नबोलेको भन्दै रियाको आलोचना भएका कारण देखावटीका लागि उनले यस्तो माग गरेको आरोप सुशान्तका प्रशंसकहरुको छ। महेश भट्टकै आग्रहका उनले त्यस्तो ट्वीट गरेको आरोप पनि उनी माथि लागिरहेको छ। सुशान्तको निधनमा रियाको केहि न केहि भूमिका हुन सक्ने भन्दै उनी माथि अनुसन्धान गर्न माग उठिरहेको छ।