काठमाडौँ – सडक निर्माणमा लापरवाही गरेको भन्दै मोरङको धनपालथान गाउँपालिकाका स्थानीयहरुले प्राविधिकलाई थुनिदिएका छन्। मोरङको धनपालथान गाउँपालिका स्थानीयहरुले निर्माणाधिन सडकको नापी गर्न पुगेका प्राविधिकहरुलाई काममा ढिलाइ गरेको भन्दै थुनिदिएका हुन्।
बजेट फ्रिज गराउने गरी काममा ढिलाइ गरेको स्थानीयको आरोप छ। सडक नबन्ने अवस्था देखेपछि आक्रोशित बनेका स्थानीयहरुले तीन प्राविधिकलाई थुनेर काम सम्पन गराउने सहमति गराएको बताइएको छ।

कार्यकारी अधिकृत मनोज कुमार साहको कमिसन मोहले निर्माणधिन सडकको कालोपत्रे गर्न आएको बजेट फ्रिज हुने अवस्थामा पुगेको स्थानीयहरुको आरोप छ। उनकै षड्यन्त्रमा सडक कालोपत्रेको कार्य अगाडी बढ्न नसकेको भन्दै स्थानीय आक्रोशित छन्।
दादवैरिया चौकदेखि पुटानी चौकसम्मको २५ सय मिटर कालोपत्रे सडकको नापी गर्न पुगेका प्राविधिकहरुले कार्यकारीको निर्देशनमा पैसा फ्रिज गर्न खोजेको स्थानीयहरुले बताएका छन्।
लकडाउनका कारण सडक कालोपत्रेको काम रोकिएका कारण दुई सिफ्टमा काम सञ्चालन गरेर सडक निर्माण गरिएपनि कार्यकारी अधिकृत साहले कालोपत्रे भएको सडक मात्र नाप्न खोजिएपछि आफूहरुले विरोध गरेको स्थानीयहरु बताउँछन्।
स्थानीयहरुले सहमति गरिएको बताएता पनि प्राविधिकहरु अनिल सिङ, दिनेश मण्डल, राजेश गीरी भने आफूमाथि दुव्र्यवहार भएको बताउँछन्। उनीहरुले प्रहरीका उजुरी पनि दिएका छन्।
![]()
