भारतीय विदेशमन्त्री एस जयशंकरले भने – ‘नेपालसँगको सम्बन्ध पहिला भन्दा राम्रो’

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध पहिलाको भन्दा राम्रो रहेको दावी गरेका छन् । नक्सा जारी भएपछिको अवस्थाले दुई देशबीच सम्बन्ध बिग्रिएको चर्चा चलिरहेका बेला विदेशमन्त्री जयशंकरले नेपालसँगको सम्बन्ध पहिला भन्दा निक्कै राम्रो रहेको दावी गरेका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

भारतीय राष्ट्रिय कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धीले सामाजिक सञ्जालमा विदेश नीति र नेपालको विषय उठाएका थिए । उनले सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानबाहेक अन्य छिमेकी मुलुकसँग पहिले सम्बन्ध निकै राम्रो भएको तर अहिले बिग्रिएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमा आएपछि सम्बन्ध बिग्रिएको उनले भिडियोमा बताएका हुन् ।

नेता गान्धीले नेपालको प्रसंगमा भनेका छन्, ‘नेपाल हाम्रो असल छिमेकी राष्ट्र थियो । अहिले नेपाल हामीसँग रिसाएको छ । तपाईं नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस् । जे भएको छ त्यसलाई लिएर नेपालीहरु क्रुद्ध छन् ।’

गान्धीको सोही प्रश्नलाई जवाफ दिदै विदेशमन्त्री शंकरले मोदी शासनमा आएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएका छन् । सामाजिक सञ्जाल टिवटरबाटै उत्तर दिदै उनले भनेका छन्, ‘१७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नुभएको छ । बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस् ।’

विदेशमन्त्री शंकरले पछिल्लो समयको सीमा विवादका विषयमा भने कुनै पनि कुरा उल्लेख गरेका छैनन् । तर, विपक्षी नेता गान्धीले भने विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाएका छन् । सन् २०१९ मा भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी भएपछि नेपाल–भारत सम्बन्धमा सुरु भएको दरार नेपालले उक्त आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सम्बन्धमा दरार बढ्दै गएको छ ।

प्रकाशित : आइतबार, साउन ०४, २०७७०३:०९

विद्यालय सञ्चालनको तयारी: साउनको दोस्रो साता सम्म शिक्षक कार्यरत विद्यालयमा पुग्नै पर्ने !