राशि अनुसार हुन्छ हरेक मानिसमा एक अलौकिक शक्ति, हेर्नुहोस् तपाईंमा कस्तो शक्ति छ !

मानिसको जन्मको समयमा रहेको नक्षत्र र ग्रहहरूको स्थितिले हाम्रो भविष्यको जीवनमा गहन प्रभाव पार्छ। हाम्रो जीवनमा के घटना घट्छ, कुन समयमा घट्छ, यी सबै कुरा त्यहि समयमा निर्धारण हुन्छ| स्पष्ट रूपमा, यी सबै पूर्वनिर्धारित हुन्, हाम्रो वर्तमान जीवनमा गरेको कार्यहरूको कुनै प्रभाव हुँदैन। यी सबै बाहेक, हाम्रो जन्मको साथ एउटा कुरा निश्चित छ र त्यो हो हामीमा कस्तो प्रकारको अलौकिक शक्ति छ। हाम्रो राशि अनुसार यी शक्तिको वर्गीकरण गरिएको छ|

मेष राशि 

यस राशिका मानिसमा एक विशेष प्रकारको शक्ति हुन्छ, यी व्यक्ति प्रतिभाको पहिचान अरु मानिस भन्दा  छिटो गर्न सक्छन्। यिनीहरुको अगाडि कोही छ जसको गोप्य प्रतिभा छ भने, तब यिनीहरु उक्त प्रतिभावान व्यक्तिलाई तुरून्त चिन्न सक्छन्। भविष्यमा विद्वान बन्न सक्ने प्रतिभाको पहिचान गर्न सक्छन् यस राशिका मानिस|

वृष राशि 

कुन व्यक्ति आफ्नो लागि खतरनाक हुन सक्छ र कसले आफ्नो जीवनमा आवश्यक हस्तक्षेप गर्न सक्छ भन्ने कुरा यस राशिका मानिसलाई सजिलै थाहा हुन्छ। यिनीहरुको यो शक्तिको कारण, यी मानिस ठूला समस्याहरूमा पर्नबाट जोगिन सक्छन्।

मिथुन राशि 

यस राशिका व्यक्तिहरुलाई कुनै पनि घटना घट्न लागेको छ वा वरिपरि केहि गडबड हुँदै छ भने पहिला नै थाहा हुन्छ| यो किनभने  यिनीहरुको छैठौं भाव अचम्मको हुन्छ| यिनीहरुले पहिला नै सोचेको कुरा कमै गलत हुन्छन्|

कर्कट राशि 

कर्कट राशिका मानिस धेरै संवेदनशील र भावनात्मक हुन्छन्, यस गुणका कारण यी व्यक्ति भविष्यमा के हुनेवाला छ भनेर थाहा पाउँछन्। यिनीहरु अरूको भावना पनि राम्रोसँग बुझ्छन्, त्यसैले यिनीहरु अरु व्यक्तिलाई राम्रोसँग बुझ्न सक्षम हुन्छन्।

सिंह राशि 

कुन बेला समय आफ्नो परिस्थति अनुसार चलिरहेको छ, कुन समयमा के कुरा गर्नुपर्छ, कस्तो कदम उठाउनुपर्छ र कुन समयमा आफुले गरेको काम प्रभावकारी हुन्छ भनेर यस राशिका मानिसलाई राम्रोसँग थाहा हुन्छ|

कन्या राशि 

समाचार प्राप्त हुने पहिला नै खबर कस्तो हुन्छ, खबरको गहिराइ जस्ता सबै कुरा यस राशिका मानिसलाई थाहा हुन्छ| यिनीहरुलाई यहाँ सम्म थाहा हुन्छ कि अहिले खालि ठाउँमा भविष्यमा कस्तो भवन बन्नेछ जस्ता कुरा पनि अनुमान गर्न सक्छन्| र प्राय: यस्ता अनुमान सहि पनि हुन्छ|

तुला राशि 

आफ्नो अगाडिको मानिसको सोच कस्तो छ, उसका वास्तविक उद्देश्यहरू के हुन्, उसका मनसाय के हुन्, कुनै पनि व्यक्तिको वास्तविकता जान्न सक्ने क्षमता यस राशिका मानिसमा हुन्छ। यो यस राशिको उत्कृष्ट गुण हो।

वृश्चिक राशि 

यस राशिका व्यक्ति प्रेम र अभिलाषा बीच भिन्नता सजिलै थाहा पाउँछन्। आफ्नो प्रेमी वा प्रेमिका आफुसँग साँच्चिकै प्रेममा छन्, वा केवल  फाइदा लिई रहेका छन् भन्ने कुरा सजिलै महशुस गर्न सक्छन।

धनु राशि 

धनु राशिका मानिस समय भन्दा अघिको कुरा सोच्छन् र त्यसैले यिनीहरुलाई धेरै सकारात्मक विचारधाराको व्यक्ति मानिन्छ। कसरी व्यवसायमा अगाडि बढ्ने, त्यहाँ घाटा वा नाफा हुनेछ भन्ने जस्ता कुरा यिनीहरु बुझ्छन्।

मकर राशि 

हामीले देख्न सक्छौँ  कि धेरै व्यक्तिले आफ्नो सपना पूरा गर्न सबै कुरा बेच्न पनि पछि हट्दैनन्, नोकरी छोड्छन्| अरुले   उनीहरूलाई पागल भन्छन् तर अन्तमा उनीहरु नै सफल हुन्छन्। यस राशिका मानिस यस्तै हुन्छन्| वास्तवमा, मकर राशिको मानिसहरूलाई सहि समयमा के गर्ने र के गर्ने भनेर थाहा हुन्छ।

कुम्भ राशि 

कुनै व्यक्ति कस्तो अपेक्षाको साथ कुरा गरिरहेको छ, उक्त व्यक्ति तपाईंबाट के चाहन्छ, यस राशिका मानिस त्यो कुरा उसले नभन्नु भन्दा पहिला नै थाहा पाउँछन्| त्यसैले उनीहरुले तपाईंसँग झूठ बोल्न सक्दैनन्|

मीन राशि 

यस राशिका मानिस जासूसी स्वभावका हुन्छन्| किनभने यिनीहरु सजिलैसँग साँचो कुराको तहसम्म पुग्छन्| कुनै पनि प्रकारको घटनाको कारण तथा रहस्य यस राशिका मानिसबाट लुक्न सक्दैन|

प्रकाशित : आइतबार, साउन ०४, २०७७१३:३७

कुन राशिका मानिस हुन्छन् कति सन्की ? हेर्नुहोस् !