कोरोना विरुद्धको खोपमा चीनलाई सफलता मिल्दै, तेस्रो चरणमा मानव परीक्षण शुरु !

एजेन्सी – कोरोना भाइरससँग लड्न खोपको पर्खाइमा रहेको विश्वकै लागि एकपछि अर्को खुसीका समाचार आइरहेका छन् । चीनको कोरोना भाइरस खोपको तेस्रो चरण परीक्षण शुरु भएको छ । यस अन्तर्गत संयुक्त अरब इमिरेटको अबुधाबी शहरमा १५ हजारलाई चिनिया खोप लगाउने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

तस्रो चरणको परीक्षण शुरु गर्ने यो विश्वको पहिलो कोरोना खोप हो । यो खोपको विकास चिनियाँ कम्पनी साइनोफर्म सीएनबीजीले गरेको हो । विश्व स्वास्थ्य संगठनमा पंन्जिकृत यो खोपको क्लिनिकल परीक्षणको शुरुवाट युएईका शेख अब्लुल्ला बिन मोहम्मद अल हमदले गरेका छन् ।

युएईमा करिब २ सय देशका नागरिक बस्छन्, त्यसैले यहाँ खोप परीक्षणको अनुमति दिइएको बताइएको छ । यस परीक्षणमा १५ स्वयंसेवकले हिस्सा लिइरहेको युएइका अधिकारीले बताएको छ । यस क्रममा चीनका राजदुतको पनि उपस्थिति थियो ।

यो क्लिनिकल परीक्षण अत्यन्त कडा नियम भित्र गराइएको हो । पहिलो र दोस्रो चरणको सफलतापछि यो खोपको तेस्रो परीक्षण शुरु गरिएको चिनियाँ कम्पनीले दावी गरेको छ ।

२८ दिन भित्र दुई पटक यो खोपको डोज दिएपछि सत प्रतिशत ब्यक्तीमा रोग प्रतिरोध क्षमता विकसित भएको सिनोफर्म कम्पनीले जनाएको छ । यो तेस्रो चरणको परीक्षणमा १८ देखि ६० बर्ष उमेर समुहका ब्यक्तीहरु सहभागी भएका छन् ।

यो इनएक्टिवेटेड कोरोना भाइरस खोप यस महामारीमा सबै प्रकारका भाइरस लागि उपयुक्त भएको सिनोफर्मका अध्यक्ष यांग सियाओमिंगले जानकारी दिए । साथै यसको अन्य खोपको तुलनामा अत्यन्त कम मात्र दुष्प्रभाव छ । उनले भने ( हालै चीनको सिनफादी बजारमा भेटिएको भाइरसको प्रकारका लागि पनि प्रभावकारी छ ।

प्रकाशित : सोमबार, साउन ०५, २०७७०३:१८

भदौबाट हवाई उडान सुचारु !