लिगको अन्तिम खेलमा चम्किए मेस्सी: बनाए दुई दुर्लभ रेकर्ड, एक रेकर्डमा बराबरी !

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको लिगको अन्तिम खेलमा बार्सिलोनाले अलाभेसमाथि सहज तथा उत्कृष्ट जित दर्ता गराएको छ। मेस्सीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले लिगको अन्तिम खेलमा ५-०को जित सहित सुखद अन्त्य गर्यो।

बार्सिलोनाको जितमा मेस्सीले दुई गोल र एक असिस्ट गरे। अलाभेसको मैदानमा भएको खेलमा अन्सु फाती, नेल्सन सेमेडो र लुइस सुआरेजले एक-एक गोल गरे।

लिओनेल मेस्सीको पासलाई खेलको २४ औं मिनेटमा फातीले गोलमा परिणत गरेका थिए। उक्त असिस्ट मेस्सीले जारी सिजन दिएको २१ औं असिस्ट थियो । ३४ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको अन्तिम समयमा जोर्डी अल्बाको क्रसमा लुइस सुआरेजले हेडरमार्फत गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारेका थिए।

दोस्रो हाफको ५८ औं मिनेटमा बार्सिलोनाले नेल्सन सेमेडोले गोल गरेका थिए । मेस्सीले ७५ औं मिनेटमा अल्बाको क्रसमा मेस्सीले प्रहार गरेको हाफ भली गोलमा परिणत भएको थियो।

मेस्सीको रेकर्ड

लिगको अन्तिम खेलमा दुई गोल गरेसँगै मेस्सीको सिजनमा गोल संख्या २५ पुगेको छ। लिगको सर्वाधिक गोलकर्ताको हकमा उनले पिचिची ट्रफी जितेका छन्। लिगमा सर्वाधिक गोलकर्ताले पाउने उक्त ट्रफीको दौडमा मेस्सीले रियल म्याड्रिडका करिब बेन्जेमालाई पछि पारे। बेन्जेमा नाममा २१ गोल छ, जबकी मेस्सले यस सिजनमा २५ गोल गरेका छन्।

पिचिची ट्रफी जितेसँगै मेस्सीले एक दुर्लभ रेकर्ड पनि बनाएका छन्। मेस्सी पिचिची ट्रफी सात पटक सम्म हात पार्ने एकमात्र र पहिलो खेलाडी बनेका छन्। साथै उनले उक्त अवार्ड लगातार चौंथो पटक जित्दै ह्युगो सान्चेजसँग बराबरी गरेका छन्। लगातार ४ सिजन उक्त अवार्ड जित्ने मेस्सी दोस्रो खेलाडी हुन्।

यसको अलावा मेस्सीले थप एक रेकर्ड बनाएका छन्। आइतबार रातिको खेलमा मेस्सीले एक असिस्ट गर्दै सिजनको असिस्ट संख्या २१ पुर्याए। त्यसक्रममा उनले पूर्व बार्सिलोना खेलाडी तथा सहकर्मी जाभीको रेकर्ड तोडेका छन्। एक सिजनमा सर्वाधिक २० असिस्ट गरेर रेकर्ड बनाएका जाभीको रेकर्ड तोडिएको छ।

प्रकाशित : सोमबार, साउन ०५, २०७७०४:३०

ब्यालोन डी’ओर रद्द