आफ्नो वजन घटाउनु छ ? छ भने बिहान यी ६ चिज नखाएकै रामो !

आजको समयको जीवनशैलीको कारणले मटापाको समस्या धेरै मानिसमा हुन्छ| प्राय: मानिस यसको लागि डायेट प्लान गर्छन् र त्यसमा हेल्थ ड्रिंक जरूर सामिल हुन्छ| तर आफ्नो डायेट प्लानमा समिल गरेको ड्रिंक सहि छ कि छैन भनेर जान्न भने निकै जरूरी हुन्छ| सहि ड्रिंकले निकै फाइदा गर्छ भने सहि ड्रिंक भएन भने मोटापाको समस्या दूर गर्न सकिदैन|

फ्रुट जुस तथा कफी 

प्राय: डाइटमा भएका व्यक्तिहरू बिहान फलफूलको जुस वा कफीको खाने गर्छन्। उनीहरूको बिहानको खाजामा हल्का चिज हुन्छ जस्तै ब्रेड टोस्ट। तर यस्ता खानाले वजन घटाउनको सट्टा बढाउन सक्छ। चिनी र क्याफिन मोटोपना घटाउने मानिसको लागि स्वस्थ हुँदैन। वैज्ञानिक तथ्यको अनुसार फलफूलको जुस तथा कफीले  बोसो घटाउनुको सट्टा बोसो बढाउँछ।

प्रोबायोटिक ड्रिंक

धेरै व्यक्तिहरू बिहान स्वस्थ आहारहरू सम्झेर प्रोबायोटिक ड्रिंक  लिन्छन् (पेय पदार्थ जसमा केही ब्याक्टेरियाहरू हुन्छन् जुन शरीरको लागि राम्रो हो,जस्तै; दही)। वास्तवमा यसले तौल घटाउन धेरै योगदान पुर्‍याउँदैन। यी चिज हाम्रो पेटको त राम्रो मानिन्छ, यसमा जति चिनी तथा गुलियो पदार्थ हुन्छ, यसले तपाईंको क्यालोरी लेवल बढाउँछ|

त्यसैले तपाईं पनि आफ्नो वजन घटाउन चाहानु हुन्छ भने बिहानको समयमा भुलेर पनि यी ड्रिंक सेवन नगर्नुहोला|

१.लस्सी 

दही,चिनी र पानी मिलाएर बनाएको यो ड्रिंक धेरै जसो मानिसलाई निकै मन पर्छ| तर यसमा रहेको फ्याट र क्यालोरी हाम्रो शरीरलाई आवश्यक पर्ने भन्दा बढि मात्रामा हुन्छ| एक गिलास लस्सीमा १५९ क्यालोरी हुन्छ| यसले कतै पनि वजन घटाउन मद्दत गर्दैन|

२.फ्लेवर्ड दुध 

एक गिलास फ्लेवर्ड दुधमा १५८ क्यालोरी हुन्छ| दुधमा स्वाभाविक मिठास हुन्छ, त्यसैले यसमा चिनी, बदाम जस्ता चिज मिलाउनाले यसलाई अझ हाइ क्यालोरी ड्रिंक बनाउँछ|

३.सुन्तलाको जुस 

बिहान खालि पेटमा यसको सेवन गर्ने हो भने यसले वजन घटाउन मद्दत गर्छ तर बिहानको नास्तापछि सुन्तलाको जुस सेवन गर्यो भने यसले वजन घटाउनुको साट्टो बढाउँछ|

४.भैंसीको दुध 

धेरै मानिसहरु स्वादको कारण भैंसीको दुध पिउन मन पराउँछन्| यसमा गाईको दुधमा भन्दा बढि क्यालोरी हुन्छ| एक गिलास दुधमा २८० क्यालोरी साथै १६.८ ग्राम फ्याट हुन्छ| त्यसैले भैंसीको दुध बिहानको समयमा पिउँदा वजन बढ्छ|

५.बनाना शेक 

केरा मात्र खायो भने त वजन बढाउँछ| केरामा दुध, चिनी मिलाएर शेक बनाएर खाँदा त्यसमा अत्याधिक क्यालोरी हुन्छ जसको सेवनले हाम्रो वजन बढाउँछ|

६.स्मूदी 

फिटनेसको लागि पागल हुने मानिसलाई स्मूदी निकै मन पर्छ| तर यसमा फ्याट, कार्बोहाइडेट, प्रोटिन अत्याधिक मात्रामा हुन्छ| जसले गर्दा यसको सेवनले शरीरको वजन बढ्छ|

प्रकाशित : सोमबार, साउन ०५, २०७७१४:१७

डण्डीफोरका पूराना दाग-धब्बा यी घरेलू उपाय अपनाएर हटाउनुहोस् !