‘कमसल काम गरेर दुर्घटना निम्त्याउने मन्त्री मगरले राजीनामा दिनुपर्छ’

काठमाडौँ – खानेपानी मन्त्री बिना मगरको राजीनामा माग भएको छ। सोमबार बागमती प्रदेश सभाको बैठकमा मेलम्ची खानेपानि आयोजनाको सुरुङ मा भएको दुर्घटनाको विषयलाई लिएर मन्त्री मगरको राजिनामा माग भएको हो।

नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामाले जबरजस्ती काम देखाउन हतार गरेका कारण निम्तिएको दुर्घटनाको जिम्मेवारी मन्त्री मगरले लिनुपर्ने बताउँदै मन्त्री मगरको राजिनामा माग गरे। स्थानीय सरकारलाई कुनै खबर नगरी पानी सुरुङमा हालिएको प्रति उनको आपत्ति छ।

“स्थानीय सरकारलाई कुनै खबर नगरी पानी सुरुङमा छिराइयो, कमसल काम गरेर त्यसरी दुर्घटना निम्त्याउन पाइन्छ ? मन्त्री मगरले राजीनामा दिनुपर्छ ।”,उनले भने।

मेलम्ची आयोजनाका कामहरु सकिँदै गर्दा मिडियावाजी गरी भाइरल भएकी मन्त्री एक जनाको ज्यान गएको विषयमा भने चुपचाप बसेको प्रति प्रश्न समेत गरे।

“ढोल बजाएर मेलम्ची आउन लाग्यो भनेर भाइरल हुने खानेपानी मन्त्री इन्जिनियरको ज्यान जाँदा किन चुप हुनुहुन्छ ? यस्तो गैर जिम्मेवार व्यक्ति मन्त्रीमा बसिरहन मिल्छ ?”,लामाले प्रश्न गर्दै भने। मन्त्रीको हतारोले गम्भीर दुर्घटना निम्तिएको भन्दै उनले हरर ट्रेलर देखाउने दोषीमाथि कारबाहीको माग गरे ।

मेलम्चीदेखि सुन्दरीजलसम्मको टनेल भरिएकै अवस्थामा उस्तै दुर्घटना भएको भए हेलम्बु, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्ची, सिपाघाटदेखि दोलालघाटसम्मको बस्तीमा खतरामा पर्ने थियो भन्दा उनले घटना प्रति दुख व्यक्त गरे। साथै उनले यस घटना बारे प्रधानमन्त्री चुप बसेको प्रति पनि आपत्ति जनाए।

प्रकाशित : सोमबार, साउन ०५, २०७७०८:५०

आगामी २४ घण्टा मुलुकभर नै वर्षा !