कोरोना भाइरस अहिले विश्वभर मै फैलिसकेको छ| यसबाट बच्नको लागि सबैतिर स्यानिटाइजरको प्रयोग बढेको छ| यसको अत्याधिक माग बढिरहेकोले बजारमा अहिले नक्कली तथा कम गुणस्तरीय स्यानिटाइजरको संख्या बढ्दो छ| यस्तोमा, सबैभन्दा चुनौतीको कुरा यो हो कि कसरी थाहा पाउन सकिन्छ त स्यानिटाइजर नक्कली हो या होइन ? यसको लागि ३ सजिला उपाय छन् |
टिशू पेपर टेस्ट
- टिशू पेपरको सानो टुक्रा लिनुहोस् र भुइँमा राख्नुहोस्| टिशू पेपर बाक्लो परेर नाराख्नुहला|
- कलमले उक्त पेपरमा गोलो घेरा बनाउनुहोस् र त्यस घेरालाई मोटो र स्पष्ट रूपमा अझ कोर्दै जानुहोस्|
- यदि स्यानिटाइजरमा पर्याप्त मात्रामा अलकोहल छ भने उक्त घेराको मसि घुलिन्छ र यता उता फैलिन्छ तर स्यानिटाइजरमा पर्याप्त अलकोहल छैन भने घेराको मसि घुलिदैन र घेरा फैलिदैन|
आटा टेस्ट
एउटा कचौरामा एक मुठ्ठी आटा लिनुहोस् र त्यसमा थोरै स्यानिटाइजर मिलाउनुहोस् र त्यसलाई मुस्नुहोस्| यदि स्यानिटाइजर सक्कली छ भने आटा राम्रोसँग मुसिदैन तर बिग्रेको बिग्रेको जस्तो हुन्छ| त्यस्तै, यदि आटा पानीले जसरी राम्ररी मुस्यो भने बुझ्नुहोस् कि उक्त स्यानिटाइजर नक्कली हो भनेर|
हेयर ड्रायर टेस्ट
स्यानिटाइजरको केहि मात्रा एउटा कचौरामा लिनुहोस् र त्यसलाई हेयर ड्रायरले सुकाउने प्रयास गर्नुहोस्| यदि ४-५ सेकेण्डमा स्यानिटाइजर सुक्यो भने त्यो स्यानिटाइजर असली हो तर उक्त समयमा सुकेना र कचौरामै बस्यो भने उक्त स्यानिटाइजर हो भनेर बुझ्न जरूरी छ|