आफ्नो कारण कसैको दिल दुखे पनि फरक पर्दैन यी ३ राशिका मानिसलाई !

आजको संसारमा दिल टुट्नु भनेको सामान्य कुरा भैसकेको छ| चाहे त्यो प्रेममा होस् या अरु कुनै कुरामा| दिल टुट्दा सबैलाई नराम्रो लाग्छ नै तर त्यो भन्दा नराम्रो लाग्छ जब दिल तोड्ने मानिसलाई कुनै फरक नै पर्दैन वा पश्चाताप मान्दैनन्| ज्योतिषशास्त्रका अनुसार ३ राशिका मानिस यस्तै स्वभावका हुन्छन्|

सिंह राशि 

सिंह राशिका मानिस निकै अहंकारी हुन्छन्| यिनीहरु जसलाई प्रेम गर्छन्, उसको लागि आफ्नो ज्यान पनि दिन तयार हुन्छन्| तर यति कठोर दिलका हुन्छन् कि आफ्नो कारणले कसैको मन दुख्यो भने पनि कुनै पश्चातापको भावना आउँदैन| वास्तवमा यिनीहरुलाई स्वार्थी भन्दा पनि फरक पर्दैन किनभने यिनीहरु आफ्नो बारेमा मात्र सोच्ने गर्छन्|

धनु राशि 

यस राशिका मानिसलाई निकै समझदार मानिन्छ| तर जब कुरा आउँछ दिल तोड्ने र दुखाउने, यिनीहरुलाई कुनै फरक पर्दैन| यदि यिनीहरु र साथी बीच कुनै समस्या आयो भने त्यसलाई समाधान गर्नुको साट्टो सम्बन्ध नै तोड्न अगाडि बढ्छन्| एक प्रेम सम्बन्धलाई खुशीको बाटोमा लान जुन मिहेनत गर्नु पर्छ, त्यो मिहेनत गर्न तयार हुँदैनन् यस राशिका व्यक्ति|

मकर राशि 

मकर राशिका जातकलाई निकै व्यावहारिक मानिन्छ| यिनीहरुलाई आफ्नो कारणले कसैको मन दुखेको छ भने पनि कुनै फरक पर्दैन| आफुलाई कसैले धोका दिएर सम्बन्ध तोडेर गयो भने पनि यिनीहरुलाई कुनै फरक पर्दैन|

प्रकाशित : सोमबार, साउन ०५, २०७७१४:०४

वैवाहिक सम्बन्धमा विश्वास गर्दैनन् यी ३ राशि !