आफ्ना बच्चाको स्मरण शक्ति बढाउन यसो गर्नुहोस् !

हरेक माता-पिताको समन्ताया एकै समस्या हुन्छ, उनीहरुको बच्चाले राम्सँरोग पढेन वा बच्चाको मन पढाईमा भन्दा बढि अन्य चिजमा लाग्यो जस्तै खेलकुद| उनीहरु कुनै न कुनै बहाना बनाएर नपढ्न परे हुन्थ्यो जस्तो गर्छन्| यस्तोमा अविभावक सधैँ यहि सोच्छन् कि कसरी उनीहरुको बच्चाको मन पढाईमा लाग्छ त ?

विशेषज्ञका अनुसार बच्चाको पढाईमा मन नलाग्नुको कारण भनेको उनीहरुलाई एउटा कुरा बुझ्न धेरै समय लाग्नुको कारणले हो| बच्चाहरुलाई एउटा पाठ पढ्न र बुझ्नको लागि धेरै समय लाग्यो भने उनीहरुको मन पढाईबाट हट्छ र अन्त मन डुल्न थाल्छ| यसको समाधान भनेको बच्चाको स्मरण शक्ति बढाउनु हो|

बच्चाको स्मरण शक्ति कसरी बढाउँन सकिन्छ त ? कोहि मानिस बच्चालाई पौष्टिक आहार बढाएर त कोहि विशेष ट्रेनिंग दिएर बच्चाको स्मरण शक्ति बढाउँन कोशिश गर्छन्| तर यसले पनि पूरा काम गर्दैन| यस्तोमा भनिन्छ कि बच्चाको पढाईमा मन नलाग्नुको कारण एक नकारात्मक तरंग हो| वास्तु विज्ञानका अनुसार सुँगा तपाईंको यस समस्याको हल हुनसक्छ| हरियो रङको यो पंछी मानिसको स्मरण शक्ति बढाउँन मद्दत गर्नसक्छ| वास्तु विज्ञानका अनुसार यसको पछाडि एउटा कारण छ|

भानिन्छ कि घरको उत्तर दिशामा बुध ग्रहको बास हुन्छ| कुण्डलीमा बुध ग्रह सहि हुनाले आर्थिक स्थिति मजबूत हुन्छ| जसको लागि बुध ग्रह बस्ने उत्तर दिशा सहि तथा शुद्द हुन जरूर छ| त्यस्तै यस ग्रहले बच्चाको दिमागको पनि नियन्त्रण गर्छ| त्यसैले गर्दा यदि घरको उत्तर दिशा खराब छ भने बच्चाको मन चंचल हुन्छ र उसको मन पढाईमा लाग्दैन|

यस्तोमा बुध ग्रहको प्रिय रङको प्रयोग उत्तर दिशामा गर्नु पर्छ| बुध ग्रहलाई सहि राख्न घरको उत्तर दिशामा हरियो रङको पंछी(सुँगा) वा हरियो रङ हुन जरूरी छ| घरको उत्तर दिशाको भित्तामा सुँगाको तस्बिर लगाउनुहोस्| त्यसपछि तपाईंको बच्चाको मन पढाईमा लाग्नेछ| साथै व्यापार व्यवसायमा फाइदा हुनका साथै आर्थिक स्थितिमा पनि सुधार आउनेछ|

प्रकाशित : सोमबार, साउन ०५, २०७७१४:०३

पर्समा यी ५ चिज नराखेकै राम्रो !