यी हुन् पाकिस्तानले भारतलाई दिएका यी चर्चित ५ बलीउड अभिनेताहरु !

एजेन्सी –  पाकिस्तानको नाम सुन्न बितिकै धेरै भारतीय जनताहरुलाई रिस उठ्ने गर्छ । तर जब कुरा किर्केट वा चलचित्रको हुन्छ तब भारत र पाकिस्तानको खेलाडी तथा कलाकारहरुको घमाशान लडाई भएको हेर्न निकै रमाइलो हुन्छ । बलीउड चलचित्रमा काम गर्ने अधिकांश अभिनेता तथा अभिनेत्रीहरु पाकिस्तानका छन् ।

बलिउडका यी चर्चित ५ अभिनेता जो पाकिस्तानका हुन्:

१. प्रेम चोपडा: प्रेम चोपडा बलिउड चलचित्रमा कहिले काही खतरनाक त कहिले रोमान्टिक भूमिकामा खेल्नुकै कारण चर्चित छन् । प्रेम पाकिस्तानको लाहौरमा जन्मेका थिए । उनले आफ्नो यूनिभर्सिटीको पढाई लाहौरमा नै सकेका थिए। त्यसपछि मुबई उनले पुरै समय बलिउड चलचित्रमा बिताएका छन् । प्रेम चोपड़ा अझै पनि धेरै चलचित्रहरुमा भिलेनको भूमिका निर्वाह गर्छन । पछिल्लो समयमा उनले गोलमाल ३, एजेंट विनोद जस्ता चलचित्रहरुमा काम गरेका छन् ।

२. विनोद खन्ना: बलीउडका चर्चित अभिनेता विनोद खन्नाको जन्म पाकिस्तान को पेशावरमा भएको थियो । यसै क्रममा उनको परिवार शिफ्ट भएर मुम्बईमा बस्न थालेका हुन् । उनलाई सानैदेखि चलचित्रमा काम गर्न निकै शोख थियो । अमर अकबर एंथोनी, बर्निंग ट्रेन, दयावान र कुर्बानी लगायत थुप्रै चलचित्रमा गरिसकेका विनोद खन्नाको केहि दिन अगाडी क्यान्सरको कारण मृत्यु भएको हो ।

३. अमरीश पुरी: बलीउड चलचित्रका चर्चित भिलेन अमरीश पुरी पनि पाकिस्तानमा जन्मेमा थिए । पाकिस्तानको लाहौरमा जन्मेका अमरीश पुरी हिन्दी चलचित्रको सबै भन्दा खतरनाक भिलेनको रुपमा चिनिन्छ । उनले करिब ४०० भन्दा पनि बढी चलचित्रमा काम गरिसकेका छन् । अहिले अमरीश पुरी नभए पनि उनको चलचित्र एवम डायलग्सहरु कसैले पनि बिर्सन सक्दैनन् ।

४. देवानंद : बलिउडको धेरै राम्रो चलचित्रहरुमा अभिनय गर्ने देवानंद गुरदासपुर पाकिस्‍तानको पंजाबका हुन् । उनले बलीउडको धेरै चर्चित चलचित्रहरु (सिआईडी, ज्वेल थीफ, प्रेम पुजारी, पेइंग गेस्ट र हरे रामा हरे कृष्णा) मा काम गरिसकेका छन् । उनले आफ्नो फिल्मी करियरमा धेरै दर्शकहरुको मन जित्न सफल भएका थिए ।

५. सुनील दत्त: अभिनेता सुनील दत्त पाकिस्तानको झेलम सहरमा जन्मिएका थिए। उनि १८ बर्षको हुदा भारत र पाकिस्तानको विभाजित हुने समयमा उनि आफ्नो परिवारसँग भारत प्रवेश गरेका थिए । त्यसपछि उनले आफ्नो पढाई र फिल्मी करियर भारतमा सुरु गरेका थिए । उनले अभिनय गरेको चलचित्र हमराज, मुझे जीने दो, यादें और सुजाता के लिए सदै बारी सबैको माझ रहिरहने छ ।

प्रकाशित : सोमबार, साउन ०५, २०७७१३:४६

सलमानसँग ठ्याकै अनुहार र हुलिया मिल्ने यी ३ लाई देखेपछि जो-कोहि पनि “जिल” खान्छ [तस्विर सहित]