कोरोनाका ६ भिन्न-भिन्न प्रकार, लक्षण पनि फरक !

लन्डन (एजेन्सी) – कोरोना भाइरसको एक नयाँ अनुसन्धानले कोविड १९ को ६ प्रकारको भएको र हरेकको आफनै विशेष लक्षण हुने गरेको पत्ता लागेको छ । यसकै आधारमा विरामीलाई भाइरसबाट कति खतरा छ र उनलाई कस्तो उपचार दिनु पर्ने हो तय गरिन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

लन्डनको किंग्स कलेजले कोििवड सिम्टम्स एपको मद्दतबाट कुन विरामीलाई अस्पतालमा भर्ना गर्न आवश्यक हुन्छ तय गर्ने तरिका निकालेको छ । यो शोधको अझै समिक्षा गर्न बाँकी रहेको जनाइएको छ ।

यसको मद्दतबाट भाइरसका कारण जोखिममा रहेका तथा दास्रो लहर आउँदाको स्थितिमा संक्रमणको शिकार हुने सम्भावना रहेकाहरुको राम्रो उपचार हुनसक्ने विज्ञहरुले बताएका छन् । लगातार खोकी आउनु, ज्वरो आइरहनु वा गन्ध थाहा नपाउनु लगायत टाउको दुख्ने वा पखाला पनि यसको लक्षण हुन् । शोधकर्ताहरुले कुन लक्षणका लागि कुन तरिका उपयुक्त हुन्छ भन्ने विषयमा अध्ययन गरेका थिए ।

अमेरिका र बेलायतका १ हजार ६ सय विरामीको मार्च र अप्रिलका डाटा उनीहरुले संकलन गरेका थिए । उक्त आंकडाको अध्ययनमा ६ फरक फरक कोविड १९ को ६ फरक फरक लक्षण हुने गरेको देखियो । यो विस्तारै विस्तारै गम्भिर हुँदै जान्छ । एकमा ज्वरो आउँदैन भने अर्कोमा ज्वरो आउने गर्छ । यो बाहेक थकाई लाग्नु, अलमलिनु र पेट तथा स्वास सम्बन्धी समस्यापनि फरक फरक कारणबाट हुने गर्छ । धेरै उमेरका ब्यक्ती, बढ्दो वजन र अन्य कुनै रोगबाट पिडित हुन सक्ने टोलीले बताए ।

प्रकाशित : मङ्गलबार, साउन ०६, २०७७०४:०२

कसले पचायो टिचिङ अस्पतालको करोडौं रकम ? १६ करोड बढी रकम गायब !