हामी सबै मानिस अलि अलि त जो पनि अल्छी हुन्छौँ| तर संसारमा यस्ता धेरै मानिस हुनछन् जो महाअल्छी पनि हुन्छन्| यिनीहरु यति अल्छी हुन्छन् कि आफ्नो लाभको लागि पनि कुनै कार्य गर्न नपरे हुन्थ्यो भनेर सोच्छन्| ज्योतिषशास्त्रका अनुसार ५ राशि यस्ता छन्, जुन राशिका मानिस महाअल्छी हुन्छन्|
कर्कट राशि

यस राशिका मानिसको आलस्यतासँगको सम्बन्ध नजिकको मित्रसँगको सम्बन्ध जस्तै हुन्छ| यिनीहरु पुरै दिन एकै ठाउँमा बसेर वा सुतेर आफ्नो समय व्यर्थ फाल्न सक्छन्| यिनीहरु यतिसम्म अल्छी हुन्छन् कि आफू सुतेपछि खानेकुरा पनि अरुले लेराएर खुवाइदिए हुन्थ्यो भनेर सोच्छन्|
वृष राशि

यस राशिका मानिस प्रतिकूल समयमा काम गर्न सक्दैनन्| यिनीहरु आफुलाई अनुकुल समय छ जस्तो लग्यो भने मात्र कुनै काम गर्न तयार हुन्छन्| यिनीहरु आफुलाई मन पर्ने काम मात्र गर्न खोज्छन्| अन्य कम गर्न निकै आलस्यता देखाउछन्|
वृश्चिक राशि

यस राशिका मानिस पनि आलस्यताको मामलामा निकै अगाडि हुन्छन्| यिनीहरुलाई कुनै पनि कार्य गर्न निकै गाह्रो हुन्छ आलस्यताको कारणले गर्दा| तर यदि आलस्यता छोडेर अगाडि बढ्ने हो भने यिनीहरु जिन्दगीमा निकै प्रगति गर्न सक्छन्|
मीन राशि

आलस्यता यस राशिका मानिसको पूरा जिन्दगी भरिको समस्या बन्न सक्छ| यी मानिसहरु आफ्नै सफलता र लाभको लागि पनि कार्य गर्न आलसी गर्छन्|
सिंह राशि

यिनीहरुलाई सामान्यतया जाँगरिलो र जोशिलो मानिन्छ| यस राशिका मानिस सिंह जस्तै राजाको जस्तो जीवन बिताउने स्वभावका हुन्छन्| तर यिनीहरु जगरिलो त्यहि समयमा हुन्छन जब उनीहरु आफूलाई मन पर्ने कार्य हुन्छ| आफूलाई अनुकुल नहुने कार्य गर्नको लागि भने यिनीहरु जस्तो आलसी हुन्छन्|

