सबै मानिसहरु आफैंमा विशेष हुन्छन्, तर केहि मानिस अलि खास विशेष नै हुन्छन्। हामी सबैमा केहि न केहि गुणहरू छन्, तर केहि मानिसमा विशिष्ट प्रतिभा वा क्षमताहरू हुन्छन् जुन सबैमा हुँदैन। नेतृत्व गर्न सक्ने क्षमता पनि यी विशिष्ट क्षमता मध्ये एक हो, जुन सबैमा पाउन सम्भव छैन। ज्योतिषशास्त्रका अनुसार ४ राशिका मानिसमा नेतृत्व गर्न सक्ने क्षमता विशेष हुन्छ|
मेष राशि
यी व्यक्तिहरूमा एक विशेष गुण हुन्छ, जसको आधारमा यिनीहरू सजिलैसँग अन्य व्यक्तिहरूसँग घुलमिल हुन्छन्, र मानिसहरू सजिलैसँग उनीहरूको हृदयको कुरा यिनीहरुसँग पोख्न तयार हुन्छन्। यिनीहरुको आत्मविश्वास र अरुबीचको लोकप्रियता यिनीहरुलाई एक कुशल नेता बनाउँछ|
वृष राशि
वृष राशिका मूल निवासी एक फरक प्रकारको नेता प्रमाणित हुन्छन्, उनीहरू मानिस प्रति केवल आफ्नो मित्रता प्रदर्शन गर्दैनन तर उनीहरूमाथि आफ्नो नियन्त्रण पनि राख्छन्। यिनीहरूको सुरक्षा दिने र सहि मार्ग अनुसरण गर्ने बानी हुन्छ र यो बानीले यिनीहरूलाई अरू बीच धेरै लोकप्रिय बनाउँछ।
सिंह राशि
सिंह राशिका मानिसमा नेतृत्व गर्ने स्वाभाविक गुण हुन्छ| त्यसैले गर्दा यदि कुनै पनि समय तपाईंको जीवनमा निकै मुश्किल क्षण आयो भने सिंह राशिका मानिसको सहयोग लिनु उचित हुन्छ|
मकर राशि
सबै १२ राशि मध्ये मकर राशिका मानिसमा विशेष नेतृत्व गर्ने क्षमता हुन्छ| यसको कारण हो यिनीहरुमा भएको आत्म-नियन्त्रण| यस राशिका मानिसलाई कसैलाई मद्दतको आवश्यकता छ भनेर थाहा पाए भने जुन सुकै परिस्थितिमा पनि सहयोग गर्न तयार हुन्छन्|