नेपालका ७० प्रतिशत संक्रमित निको भए, दैनिक संक्रमण संख्या १ सय ५० मात्रै !

काठमाडौँ – मंगलबार १ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट १ सय ५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले २७ प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ५० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए।

उनका अनुसार ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा यति संख्यामा कोरोनाको पुष्टि भएको हो। हालसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षण भएको उनले जानकारी दिए। नयाँ पुष्टि पश्चात कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ।

बितेको २४ घण्टामा ६ सय ९ जना कोरोनाबाट मुक्त भएको गौतमको भनाई छ। यससँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ। नेपालमा अहिले सम्म कोरोनाका कारण ४० जनाले ज्यान गुमाएका छन् भने सक्रिय संक्रमित संख्या ५ हजार ४ सय ७७ छ।

नेपालमा अहिले सम्म करिब ७० प्रतिशत संक्रमित निको भइसकेका छन् भने करिब ३० प्रतिशत मात्र सक्रिय संक्रमित छन्।

प्रकाशित : मङ्गलबार, साउन ०६, २०७७१०:५६

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख १३ हजार नाघ्यो !