“नेयमार बार्सिलोना फिर्ता भए स्पेन र युरोपमा तहल्का मच्चिन्छ, बार्सिलोनालाई रोक्न असभव हुन्छ”

एजेन्सी – नेयमारका पूर्व क्लब तथा राष्ट्रिय टिमका पूर्व सहकर्मी डेनी एल्भेसले बार्सिलोना कप्तान लियोनेल मेस्सी तथा बार्सिलोनाको उत्कृष्टताको लागि नेयमारको फिर्ति अत्यावश्यक रहेको बताएका छन्। पेरिस सेन्ट जर्मेनबाट नेयमार बार्सिलोना फर्किए क्लब र मेस्सीलाई धेरै नै फाइदा हुने उनको भनाई भनाई छ।

“नेयमारको फिर्तिले बार्सिलोना र लिगाका दिग्गज खेलाडी तथा तावीज कप्तान लियोनेल मेस्सी दुवैलाई फाइदा पुग्नेछ। दुवै थप बलियो हुनेछन्।”,उनी भन्छन्।

नेयमार बार्सिलोना फिर्ता भए क्लबले स्पेन तथा युरोपमा तहल्का नै मच्चाउने उनी बताउँछन्। नेयमार र मेस्सी एकै टिममा हुँदा उक्त टिम १३ जना भए भन्दा बढी जस्तो बलियो हुने उनको भनाई छ।

उनी भन्छन्,”सबैलाई थाहा छ कि युरोप तथा ला लीगामा बार्सिलोना, मेस्सी र क्लबलाई फेरि विशाल बन्न नेयमारले सहयोग गर्न सक्छन्। मेस्सी कुनै टिममा हुन्छन् भने त्यो टिम १३ जना बराबर हुन्छ भने नेयमार हुँदा पनि त्यस्तै हुन्छ।”

साथै एल्भेसले बार्सिलोनाको मूख्य प्रतिद्वन्दीको रुपमा रहेको रियल म्याड्रिडले धेरै ठूलो रकम प्रस्ताव गरेको पनि खुलासा गरेका छन्। तर, त्यस बखत आफूले नेयमारलाई बार्सिलोना रोज्न सल्लाह दिएको उनको भनाई छ। आफू नेयमारको ठाउँमा भएको भए बार्सिलोना फर्किने कति पनि समय नलगाउने उनी बताउँछन्।

“यदि म नेयमारको ठाउँमा भएको भए, केहि नसोची बार्सिलोना फिर्ता हुन्थें”,उनले भनेका छन्।

२८ वर्षीय नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्य १९८ मिलियन पाउन्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । पीएसजी पुगेयता उनले त्यहाँ रहेर लिग १ जितिसकेका छन्। गत वर्ष देखि नेयमार बार्सिलोना फिर्ता हुन चाहिरहेका छन्। नेयमारलाई फिर्ता ल्याउन बार्सिलोना पनि चाहेको छ। नेयमारलाई कसरी फिर्ता ल्याउने भन्ने बारेमा बार्सिलोनाले पीएसजीसँग निरन्तर छलफल गरिरहेको छ।

प्रकाशित : मङ्गलबार, साउन ०६, २०७७१३:४१

रेलिगेसन क्षेत्रनजिक रहेको उडिनेजेसँग युभेन्टसको हार !