एक हजारको नयाँ नोटमा राम लक्ष्मण हात्तीको चित्र हुने !

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो ।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।

ओहोदाको प्रमाणपत्र पेश

पोर्चुगलका लागि गैरआवासीय राजदूत दीपक अधिकारीले गणतन्त्र पोर्चुगलका राष्ट्रपति मारसेलो रेवेलु द सोजा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । नेपाली दूतावास पेरिसका अनुसारका राजदूत अधिकारीले सोमबार लिस्वनस्थित बेलेम प्यालेसमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सो अवसरमा राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिलाई उनको व्यक्तिगत सुस्वास्थ्यका साथै पोर्चुगलका जनताको प्रगति र समृद्धिका लागि कामना गरेको सन्देश सुनाएका छन् । पोर्चुगलका राष्ट्रपति रवेलु द सोजाले पनि राष्ट्रपति भण्डारीको सुस्वास्थ र प्रगतिको कामना गर्दै नेपाल र नेपाली जनताको निरन्तर प्रगतिका लागि आफ्नो शुभकामना रहेको बताएको नेपाली दूतावास पेरिसले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण ओहोदाको प्रमाणपत्र पेश गर्ने समारोहमा पनि फेस मास्क लगाउनेलगायत सम्पूर्ण स्वास्थ्यसम्बन्धी नियमको पालना गरिएको नेपाली दूतावासले जनाएको छ । राजदूत अधिकारी फ्रान्सका लागि आवासीय राजदूत छन्।

प्रकाशित : मङ्गलबार, साउन ०६, २०७७१६:३२

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो