बिहान उठेर खालिपेटमा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तातो पानीले हाम्रो शरीरलाइ स्वस्थ राख्न मद्दत गर्छ। साथै बिहान उठेर तातोपानीको साथमा अलिकति बेसार र मह मिसाई सेवन गर्नु पनि स्वास्थ्यका लागि अत्यतै प्रभावकारी हुन्छ । आज हामी हरेक दिन बेसार मिश्रित पानीको सेवनले स्वास्थ्यमा पुग्न सक्ने फाइदाको बारेमा जानकारी दिदैछौ:
बेसार पानी बनाउने विधि:
एक गिलास उमालेको तातो पानीमा एक चम्चा बेसारको धुलो राखी तयार पारिएको पानीलाई पिउन सकिन्छ। यदि त्यसको बाबजुत पानी अझै बढी स्वादिलो होस् भन्ने चाहनुहुभयो भने एक ग्लास पानी र बेसारमा मह मिसाएर समेत खान सकिन्छ।
बेसार पानी पिउनाले स्वास्थ्यमा हुने फाइदाहरु:
१. हरेक दिन बिहान बेसार पानीको सेवन गर्नाले पाचन प्रक्रिया राम्रो संग हुन्छ। एसिडिटीसंग सम्बन्धित समस्या भएकाहरुका लागि पनि बेसार पानीको सेवन निकै नै उपयोगी मान्ने गरिन्छ।
२. हरेक दिन बेसार पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै लाभदायक छ। यसले मरिसकेका कोषहरुलाई पुन: जीवित बनाउन मद्दत गर्छ साथै यसले कलेजो समेत स्वस्थ राख्दछ।
३. तातो बेसार पानीले शरीरको प्रतिरक्षा प्रणालीसंग लड्ने क्षमता राख्दछ । यसको सेवनले रुघाखोकी , फ्लु तथा अन्य रोगहरुबाट समेत बचाऊछ। बेसार पानीको सेवन गर्नाले हाडजोर्नीसंग सम्बन्धित समस्या समाधान गर्नमा प्रभावकारी भूमिका निर्वाह गरेको हुन्छ।
४. बेसारमा क्यान्सर रोगसंग लड्ने विशेष गुण हुन्छ यसमा पाइने ‘करक्युमिन’ लाइ क्यान्सरको उपचारको लागि प्रभावकारी जडिबुटीको रुपमा लिइने गरिन्छ।
५.अल्जाइमर रोग ठिक गर्नका लागि समेत बेसार मिसाईएको तातो पानी पिउनु उपयुक्त हुन्छ। एक अध्ययनका अनुसार बेसारमा पाइने करक्युमिनले अल्जाईमर रोगलाइ रोक्न मदत गर्छ।
६. बेसारमा हुने भिटामिन बि ३ , भिटामिन सी र नियासिन जस्ता तत्वहरुले शरीरमा सेल्युलाईटको माध्यमबाट अनावश्यक तन्तुहरूलाई बाहिर निकाल्ने काम गर्छ। यसको प्रयोगले शरीरमा पानी कम भई लाग्ने अनेक समस्या समेत कम हुन्छ।
७. बेसारमा पाइने फरक फरक गुणले गर्दा यसले शरीरमा विविध लाभ समेत पुर्याउछ।
८. बेसारलाई आयुर्वेदिक औषधिको रुपमा समेत प्रयोग गर्ने गरिन्छ। ड्रग्सको कुलतबाट छुटकारा पाउन समेत बेसारको प्रयोग गर्ने गरिएको छ।
९. तातो बेसार पानीको सेवन गरेपश्चात आफुलाई असहज महसुश भएता पनि शरीरमा लागेका रोगहरुलाई जरैदेखि निर्मुल पार्न सहयोगी भूमिका निर्वाह गर्दछ।
१०.हरेक दिनको बेसार पानीको सेवनले स्वास्थ्यसंग सम्बन्धित बिभिन्न समस्याको समाधान गर्न सहयोग पुग्दछ।