स्वभावले नै प्राय: बच्चाहरु अति नै जिद्दी हुने गर्छ । हरेक काम गर्नुभन्दा अगाडी उनीहरुले इन्कार गर्ने गर्छन । अक्सर खाना खुवाउने बेलामा अभिभावकहरु बच्चालाई लिएर बढी चिन्तित हुने गरेका छन। खानाको नाम लिने बित्तिकै उनीहरुले नाक खुम्च्याउने गर्छन। तर एक चिज त्यस्तो छ जसको नाम सुन्ने बित्तिकै बच्चातथा युवाहरु त्यसलाई खान लालाहित हुने गर्छन त्यो हो ‘ब्रेड जाम’
ब्रेड जाम , रोटि जाम, बिस्कुट जाम आदि यस्ता अप्सन हुन्, जुन बच्चाहरुले निसंकोच लन्च या डिनरमा खाने गर्छन । माता पिताको लागि पनि यहि खानेकुरा निकै नै सजिलो अप्सन हो किनकी यसमा कुनै पनि प्रकारको मेहनत र समय खर्चिनु पर्दैन। के जाम साच्चै स्वास्थ्यका लागि फाइदाजनक छ त? टेलिभिजन मार्फत प्रसारित विज्ञापनमा त जाममा फ्रुट्स मिसाईएको र प्रशस्त मात्रामा पोषक तत्व पाइने भएकाले बच्चाको स्वास्थ्यका लागि प्रभावकारी छ भनिएको छ तर के वास्तवमै त्यस्तो हुन्छ त ? आखिर जाममा के हुन्छ त खासमा ? जानीराखौ:
-१ चम्चा जाम लगभग २ चम्चा चिनी बराबर हुन्छ। जाममा फलफुल मिसाईएको हुन्छ भनेर भनिएको हुन्छ तर फलफुललाई उमालेर सोहि मात्रामा चिनी मिसाईएको हुन्छ । फलफुललाई उमल्नाले त्यसमा भएको पानीको मात्रा घट्छ बहने भएको पोषक तत्वसमेत नष्ट हुन्छ। कुनै फलमा उमाल्नाले त्यसमा भएको भिटामिन समेत सबै नोक्सान हुने देखिन्छ।
-जुन बच्चाको नियमित रुपमा जाम खाने बानि छ, उक्त बच्चामा मोटोपनको साथ साथै मुटुसंग सम्बन्धित रोग लाग्ने खतरा समेत बढी हुन्छ। त्यसकारणले गर्दा धेरै जाम खानाले शरीरलाई आवश्यक पर्ने क्यालोरी लिनमा समेत समस्या हुन्छ।
-सिर्फ जाम मात्र नभई क्याचअप र अन्य बनावटी खानामा अधिक मात्रामा चिनी हुन्छ। गुलियो हुने भएकाले नै बच्चाले यस्ता खाना खान बढी रुचाउने गर्छ। तर यस प्रकारको खानाको परिकारले मस्तिष्कमा प्रत्यक्ष रुपमा असर गर्छ। जसले पेट भरिएको जस्तो महसुश हुन्छ र बच्चाले मन देखि खाना खान कुनै पनि प्रकारको रुचि देखाउदैन।
यस्ता प्रकारका खानेकुराहरु बालक मात्र नभई अरुहरुले पनि प्रयोग नगर्दामा नै उत्तम हुने देखिन्छ।