“राष्ट्रपतिको भूमिका लाजमर्दो, ओलीको ‘रबरस्ट्याम्प’ बनिन्”

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रदीप गिरीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवादमा राष्ट्रपतिले देखाइरहेको चासो ठीक नरहेको बताएका छन्। एक निजि टेलिभिजनसँग कुराकानी गर्नेक्रममा वर्तमान विद्यादेवी भण्डारी पार्टी एकता भन्दा पनि देश एकतामा ध्यान दिनु पर्ने बताएका हुन्।

राष्ट्रपतिले मर्यादा नाघिरहेको उनको भनाई छ। पूर्वराष्ट्रपति रामवरण यादवले निर्वाह गरेको जस्तो भूमिका वर्तमान राष्ट्रपतिले निभाउन नसकेको उनको भनाई छ।

“राष्ट्रपतिको काम पार्टी एकता गराउने होइन, देश एकता गराउने हो। सिङ्गो मुलुक सङ्कटमा परेका बेला राष्ट्रपतिले देशलाई बाटो देखाउने हो। कानुन र संविधानका आधारमा मात्र नभई राष्ट्रपतिले मर्यादाका आधारमा दायित्व निर्वाह गर्न सक्नुपर्छ।”,उनले उक्त अन्तर्वार्तामा भनेका छन्।

संविधानको संरक्षकले नै संविधानको मर्म र भावना विपरित कुनै दल विषेशको नेतामा सिमित हुनु देशकै लागि दुर्भाग्य रहेको नेता गिरीको भनाई छ। नेकपा भित्रको विवादमा राष्ट्रपतिको दखललाई लिएर नेकपाकै कार्यकर्ता लज्जित भइरहेको गिरी बताउँछन्।

अध्यादेश ल्याउने देखि संसद भंग गर्ने सम्मका प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको हरेक कार्यमा साथ दिएर राष्ट्रपतिले पदको गरिमा गिराएको उनको भनाई छ।

“संविधानको कदम र मर्यादाबाट तल उत्रिएको कदमले राष्ट्रपतिको गरिमा ध्वस्त भएको छ। जनताले के भन्लान् भन्ने कुरा राष्ट्रपतिले हेक्का राख्नुपर्छ। राष्ट्रपति ओलीको रबरस्ट्याम्प बन्नु दुखद हो”,उनले भनेका छन्।

प्रकाशित : बुधबार, साउन ०७, २०७७०४:२७

मंसिरमा एकता महाधिवेशन गर्ने सर्वसम्मतनिर्णय भइसकेको खुलासा !