सुनको मूल्यले बनायो नयाँ रेकर्ड ![मूल्य सहित]

काठमाडौँ – बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ। एकै दिन प्रतितोला १ हजार ३ सय रुपैंयाले बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैंयाले कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एकै दिन १३ सय रुपैंयाले बढेर ९४ हजार पुगेको छ। यो मूल्य अहिले सम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको मूल्य ९३ हजार ५ सय ६० रुपैयाँ कायम भएको छ। यो अहिले सम्मकै महँगो मूल्य हो।मंगलबार तेजावी सुनको मूल्य ९२ हजार २ सय ६० थियो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १ हजार १ सय ३५ पुगेको छ। मंगलबार १ हजार ४० मा कारोबार भैरहेको चाँदीको मूल्य ९५ रुपैंयाले बढेको हो।

प्रकाशित : बुधबार, साउन ०७, २०७७०५:०८

यो वा त्यो नभनी सबै पत्रकारलाई समाचार उपलब्ध गराउने मुग्लिनका साझा पत्रकार रोहिणी …