मकर राशि

तत्व: पृथ्वी
गुण: मूलभूत; स्त्रीत्व; नकारात्मक
स्वामी: शनि
व्यक्तित्व
मकर राशिका मानिस आत्मीय खुसी तथा शान्ति प्राप्त गर्नमा विश्वास गर्छन्। यिनीहरू कसैमाथि निर्भर हुनु गल्तीको रूपमा लिन्छन्। मकर राशिका मानिसहरू कठोर, गम्भीर र कडा परिश्रम गर्ने खालका हुन्छन्। तर जब यिनीहरूलाई राम्रोसँग जान्न थाल्नुहुन्छ, यिनीहरु पूरै फरक व्यक्तित्व नजर आउँछन्। यिनीहरू जोखिमको बाटोमा हिड्न चाहँदैनन् र परिचित र सुरक्षित मार्गमा जान चाहन्छन्। यिनीहरू कुनै कुरा खोल्नको लागि औसत समय भन्दा बढि लिन्छन्। सुरक्षा यिनीहरूका लागि सर्वोपरि हुन्छ, त्यसैले यी मानिस भविष्यको सुरक्षाको लागि समर्पित भावनाको साथ धन तथा पैसा कमाउन तर्फ लाग्छन्। तर धन कमाउनु वा प्रख्यात हुनु मकर राशिका मानिसको प्राथमिक चाहना भने हैन। ती सबैले क्षणिक सुख प्रदान गर्छन् तर चिरस्थायी खुशी प्रदान गर्दैनन्| यिनीहरूले आफ्नो अधिकार राम्रोसँग बुझेका हुन्छन् र प्रभुत्व जमाउन कोसिस गर्दैनन्।
मकर राशिको लागि प्रेम के हो त ?
परस्पर सन्तोषजनक व्यवहारको आदान-प्रदानले आपसी सम्बन्धमा सुरक्षा, शान्ति र सन्तुष्टि ल्याउँछ। लोकप्रिय धारणाको विपरित, प्रेम त्यो भन्दा बढि महत्त्वपूर्ण छ। हो, यो सम्बन्ध र जिम्मेवारी को बारेमा छ तर यो संवेदनशीलता र स्थिरता को बारेमा पनि छ। मकर राशिका मानिस बाहिरबाट कठोर देखिन्छन् र यिनीहरूको नरम, निर्मल पक्ष लुकाउँछन् र यिनीहरूले प्रेम लुकाउँछन्| यिनीहरूलाई आफ्नो बेलगाम जोश र सर्वोच्च आत्मविश्वास खोल्न अवसर दिन सक्नुहुन्छ जुन पक्कै पनि शब्दहरू भन्दा निकै आकर्षक हुन्छ। स्वामी ग्रह शनिले उमेरको साथ संस्कृति, सफलता र उपलब्धि ल्याउँछ र सम्मान दिन्छ। यिनीहरू धनी र सफल हुन्छन्, तर वंशानुगत रूपले हैन आफ्नै मेहनतले धनी हुन्छन्। यिनीहरूको जीवनमा परिवारको पनि ठूलो महत्व हुन्छ| त्यसैले जब यिनीहरु प्रेम गर्छन्, तब यिनीहरु एक सुन्दर र सुखी संसारको कल्पना गर्छन्|
प्रेम आचरण
मकर राशिका मानिसहरू भरोसायोग्य र मायालु प्रकृतिका हुन्छन्। यिनीहरू प्रेमको मामलामा नियन्त्रित र सतर्क ढंगले अगाडि बढ्छन्। शान्ति र उदारताका साथ यिनीहरू अरूको परिप्रेक्ष्य पनि मुल्यांकन गर्ने प्रयास गर्छन्, यद्यपि तिनीहरूमा स्वार्थी र कठोर रहेको आरोप लगाइन्छ। तर यिनीहरू आफैंमा आफ्नो चाहना र लालसाबारे स्पष्ट हुँदैनन्। यिनीहरुको मनको गरिराइमा एक अलगै भावना गुन्जी रहन्छ र मन आफ्नो जीवनसाथी वा प्रेमीको पर्खाईमा हुन्छ। यिनीहरू कट्टर परम्परावादी हुन्छन् र समाजमा आफ्नो स्थानप्रति सतर्क हुन्छन्। यिनीहरू धेरै रमाइला र माया गर्ने जीवनसाथी साबित हुन्छन्। यस राशिका मानिसको हास्य व्यंग्यको बानी हुन्छ। सबै समयमा उच्च गुणवत्ता मापदण्डहरू अपनाउनाले यिनीहरूको प्रेमी वा जीवनसाथीमा बोझ हुनसक्छ।

