अपहरणमा परेका व्यक्ति गेष्टहाउसमा युवतीसँग भेटिएपछि …

काठमाडौँ – अ-पहरणको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले अ-पहरणको नाटक गरेर लुकी बसेका एक व्यक्तिलाई गोगंबुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका चुनदेवि बस्ने ३० वर्षीय शक्तिराज रेग्मी रहेका छन्। उनलाई गोगंबुस्थित एक गेष्ट हाउसबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।

सांकेतिक तस्विर

बताइएअनुसार उनी गत असार २४ गतेदेखि घरबाट सम्पर्कविहीन भएका थिए। रेग्मी सम्पर्कविहीन भएको भन्दै उनका परिवारले निवेदन दिएपछि महाशाखाले उनको खोजी शुरु गरेको थियो। त्यसक्रममा उनी गेष्ट हाउसमा युवतीसँग भेटिएका हुन्।

अनुसन्धानको क्रममा उनी जग्गा रहेको र विभिन्न व्यक्तिसँग करोडौँ रुपैयाँ लिएको खुलेको प्रहरीको भनाई छ। प्रहरीलाई बयान दिने क्रममा उनले बिभिन्न ब्यक्तीहरूसँग जग्गा ब्यबसाय गर्छु भनि करोडौ रुपैयाँ लिएको र पैसा तिर्न नपरोस् भनेर लुकेको बताएका थिए।

पक्राउ परेका उनी माथि प्रहरीले अनुसन्धान गरिरहेको छ। महाशाखाका अनुसार प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले उनलाई आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालय पठाइएको छ।

प्रकाउ व्यक्ति
नाम :- शक्तिराज रेग्मी
उमेर :- ३० बर्ष
ठेगाना :- का.जि.का.म.न.पा.वडा नं.०४ चुनदेवि

प्रकाशित : बुधबार, साउन ०७, २०७७११:४९

गोदावरीका भित्री सडक अवरुद्ध, केही घर जोखिमा