यी चलचित्र रिजेक्ट गरेर ऋतिकले गरे ठूलो गल्ति !

एजेन्सी – ऋतिक रोशन बलिउडका ठूला स्टार हुन् भन्नेमा कुनै शंका छैन। उनले अहिले सम्म कयौं हिट दिसकेका छन्। तर उनले आफ्नो करियरमा कयौं चलचित्र उम्किन पनि दिएका छन्।

ऋतिकले रिजेक्ट गरेका ठूला हिट चलचित्रहरु निम्न छन्।

रंग दे बसंती

यस चलचित्रमा काम गर्न ऋतिकलाई प्रस्ताव गरिएको थियो। तर आफ्नो भूमिका सेकेन्ड लिद हुने थाहा पाएपछि ऋतिकले यस चलचित्रमा काम गर्न अस्विकार गरेका थिए।

में हूँ ना

शाहरुख स्टारर यस फिल्ममा निर्देशक फरहा खान जायद खानले निभाएको भूमिका ऋतिकलाई प्रस्ताव गरेकी थिइन्। तर आफूले कभी खुशी कभी गममा शाहरुखको भाइ बनेर पर्दामा देखिसकेको हवाला दिँदै प्रस्ताव अस्विकार गरेका थिए।

फास्ट एन्ड फ्यूरियस

फास्ट एन्ड फ्यूरियस निर्देशक रोब कोहेनले चलचित्रमा एक भूमिका प्रस्ताव गरेका थिए। तर ऋतिकले चलचित्र “क्रिश”मा व्यस्त रहेको भन्दै प्रस्ताव अस्विकार गरेका थिए। यदि फास्ट एन्ड फ्यूरियसको प्रस्ताव अस्विकार नगरेको भए ऋतिक हलिउडमा पनि उत्तिकै जम्थे।

दिल चाहता है

यस चलचित्रमा ऋतिकलाई अक्षय खन्नाले निभाएको भूमिका प्रस्ताव गरिएको थियो। तर उनले सिधै प्रस्ताव अस्विकार गरेका थिए।

पिन्क पेन्थर २

हलिउडको सफल कमेडी चलचित्र पिन्क पेन्थर २ मा काम गर्न ऋतिकलाई प्रस्ताव गरिएको थियो। तर ऋतिकले हलिउडमा स्थापित हुने कुनै इच्छा देखाएनन्।

प्रकाशित : बुधबार, साउन ०७, २०७७१२:३४

यी हुन् एड्सको कारण मृत्यु भएका ५ सेलिब्रिटी !