यी हुन् एड्सको कारण मृत्यु भएका ५ सेलिब्रिटी !

एजेन्सी- एचआईभी एड्सका कारण विश्वमा वर्षेनी लाखौं मानिसहरुको मृत्यु हुने गरेको छ। यस रोगले अहिले सम्म केहि सेलिब्रिटीहरुले समेत ज्यान गुमाइसकेका छन्। यहि खतरनाक मानिने एचआईभी एड्सका कारण संसार छाडेका केहि सेलिब्रिटीहरु निम्न उल्लेखित छन्।

निशा नूर

८० को दशकमा दक्षिण भारतीय चलचित्र क्षेत्रमा निशा नूर धेरैनै चर्चित थिइन्। त्यस समयमा रजनीकान्त र कमल हसन समेत उनीसँग काम गर्ने इच्छा राख्थे। यौ-नधन्दामा फसेपछि निशाले चलचित्र खेल्ने छाडेकी थिइन्। बिचल्ली अवस्थामा सडकमा फेला परेकी निशालाई आफन्तले उद्धार गरि अस्पताल पुर्याएका थिए। जहाँ उनलाई एड्स लागेको पुष्टि भएको थियो। यहि कारण उनको २००७ मा मृत्यु भएको थियो।

पेड्रो पाब्लो जमारा

अमेरिकामा समलैङ्गिकतालाई गैरकानुनी मानिने समयमानै आफू समलिङ्गी भएको सार्वजनिक गर्ने पेड्रो पाब्लो जमारा एड्सले ग्रसित थिए। पेड्रो र उनका प्रेमी सीन सस्सेर दुवै जना एड्सलेपीडित थिए। एड्सकै कारण सन् १९९४ नोबेम्बर ११ मा पेड्रोको मृत्यु भएको थियो।

जिया सारंगी

एक समयमा जिया सारंगीलाई अमेरिकाको चर्चित मोडलको रुपमा चिनिन्थ्यो। उनी संसारको शीर्ष ब्रान्डका लागि मोडलिङ गर्थिन् । तर २६ वर्षकै उमेरमा जिया एड्सको शिकार भइन्। न्युमोनियाको कारण अस्पतालमा भर्ना हुँदा उनलाई एड्स लागेको खुलेको थियो। केहि समय पछिनै उनको मृत्यु भएको थियो।

आर्थर ऐसे

यूएस डेविस कपको नेतृत्व गर्ने र यूएस विम्बल्डन जित्ने पहिलो नेग्रो खेलाडी रुपमा चर्चित रहेका अमेरिकाका चर्चित टेनिस खेलाडी आर्थरको पनि एड्सकै कारण सन् १९९३ मा मृत्यु भएको थियो। हार्ट बाइपास सर्जरीका क्रममा लिइएको रगतका कारण उनीमा एचआइभी सरेको थियो।

रिक्की विल्सन

चर्चित ब्यान्ड ‘बी ५२’ का गितारिस्ट रिक्कीले पनि एड्सकै कारण ज्यान गुमाएका थिए। आफू एड्स संक्रमित भएको उनले सन् १९८३ मा पत्तो पाएका थिए। दुई वर्ष पछि रिक्की विल्सन संसारबाट बिदा भए।

प्रकाशित : बुधबार, साउन ०७, २०७७१२:३६

शाहरुख खानलाई फिटिक्कै मन पराउदैनन् बलिउडका यी ३ अभिनेत्रीहरु !