नुहाउने पानीमा यी चीज मिसाउनुभएमा सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ !

काठमाडौं, सामान्यतया नुहाउँदा साधारण पानी नै प्रयोग गरिन्छ । यदि साधारण पानीमा केही चीज मिसाएर नुहाएमा धेरै प्रकारका स्वास्थ्य समस्याबाट बच्न सकिन्छ भनेर आयुर्वेदमा उल्लेख छ । केहि यस्ता चिजवस्तुको बारेमा चर्चा गरेका छौं जसको प्रयोगले तपाई स्वस्थ रहन सक्नुहुन्छ ।

फिटकिरी र नुन
एक बाल्टी पानीमा एक–एक चम्चा फिटकिरी र साधारण नुन मिसाएर नुहाउनुहोस् । यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई सुधार्छ । यसले तनाव र मांसपेशी दुखाईलाई पनि टाढा भगाउँछ ।

निमको पात
एक गिलास पानीमा ८देखि १० नीमको पात उमाल्नुहोस् । सेलाएपछि छान्नुहोस् र त्यसलाइई एक पाल्टी पानीमा मिसाएर नुहाउनुहोस् । यसो गर्नाले छालाको संक्रमण र सुन्निने समस्या रहँदैन ।

सुन्तलाको बोक्रा
एक बाल्टी मनतातो पानीमा दुई वटा सुन्तलाको बोक्रालाई राख्ने । १० मिनेटपछि त्यसलाई निकालेर नुहाउनुहोस् । यसले मांसपेशी दुखाई र छालाको संक्रमणबाट बचाउँछ ।

कपूर
एक बाल्टी पानीमा २–३ टुक्रा कपुर हालेर घोल्नुहोस् । यसले नुहाउँदा शरीरलाई आनन्द मिल्छ र टाउँको दुख्ने समस्या कम हुन्छ ।

गुलाब जल
एक बाल्टी पानीमा ३–४ चम्चा गुलाब जल मिसाएर नुहाउनुहोस् । यसले मांसपेशीलाई आराम मिल्छ, साथै शरीरको गन्ध पनि हराउँछ ।

बेसार
एक चम्चा बेसारलाई पेस्ट बनाउनुहोस् । यसलाई एक बाल्टी पानीमा मिसाएर नुहाउनुहोस् । छाला रोगको खतराबाट टाढा राख्छ ।

चन्दन
राति सुत्नअघि एक कचौरा पानीमा एक चिम्टी चन्दन राखिदिनुहोस् । बिहान त्यसलाई एक बाल्टी पानीमा मिसाएर नुहाउनुहोस् । यसले छालाको संक्रमणलाई टाढा राख्छ ।

प्रकाशित : बुधबार, साउन ०७, २०७७१३:११

आँटाले रोटि मात्र हैन अनुहार पनि चम्काउन सकिन्छ, हेर्नुहोस् घरेलू तरिका !