आँटाले रोटि मात्र हैन अनुहार पनि चम्काउन सकिन्छ, हेर्नुहोस् घरेलू तरिका !

एजेन्सी- आँटा गहुँबाट बन्ने गर्छ भने मानव शरीरलाई चाहिने धेरै पोशाक तत्वहरु आँटामा पाउने गर्छ। आँटा विशेष गरेर रोटि बनाउनको लागि प्रयोग गर्ने गरिन्छ। तर आँटालाई अनुहारमा चमक ल्याउनको लागि पनि प्रयोग गर्न सकिन्छ।

गर्मीको मौसममा सूर्य किरणको कारण छाला बिग्रने गर्छ। गर्मिको कारण छाला बिग्रने समस्याको लागि २ चम्चा आँटामा थोरै बेसर लाई कागतीको रस प्रयोग गरेर पेस्ट बनाउन सकिन्छ। बनेको पेस्टलाई अनुहारमा लगाएर १५ मिनेट पछि मन तातो पानीले धुँदा अनुहारमा चमक आउँछ।

यस्तै २ चम्चा आँटामा २ देखि ३ चम्चा नौनीमा थोरै चिनी मिसाएर घाँटी साथै हातमा लगाउनाले शरीरबाट हराएको चमक फिर्ता ल्याउन सकिन्छ।

यस्तै सामान्य तरिकाबाट पनि अनुहारको चमकको लागि आँटा प्रयोग गर्न सकिन्छ। आँटालाई थोरै पानि मिसाएर अनुहारमा लगाउन सकिन्छ। यसरी आँटा लगाएर ३० मिनेट छाड्ने हो भने अनुहारमा भएको डण्डीफोहोर पनि हराएर जान्छ।

यस्तै अनुहारमा आँटा र दहि मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको तेल हटेर जान्छ। दहिसँग मिसाएर बनाएको पेस्ट अनुहारमा १५ मिनेट सम्म छोड्न सकिन्छ। १५ मिनेट पछि चिसो पानीले पखाल्न सकिन्छ।

प्रकाशित : बुधबार, साउन ०७, २०७७१३:१५

जम्मा ५ रुपिँया मात्र पर्ने एकै घरेलू चिजले धेरै रोगबाट दिलाउँछ छुटकारा !