जम्मा ५ रुपिँया मात्र पर्ने एकै घरेलू चिजले धेरै रोगबाट दिलाउँछ छुटकारा !

हामी सबैलाई थाहानै छ कि हरेक व्यक्तिको स्वास्थ्यमा बेलाबखत समस्या आउने गर्छ। यसरी केही समयको अन्तरालमा स्वास्थ्यमा समस्या आउनु सामान्य मान्ने गरिन्छ। कोही बेला खानपानको कारणले पनि स्वास्थ्यमा समस्या आउन सक्छ। हरेक घरको भान्सा महिलाहरुले चलाउने हुँदा अन्य सदस्य समेत स्वास्थ्यलाई ख्याल गर्न आवश्यक रहन्छ। खानपानमा हुने विभिन्न लापर्बाहीका कारण मान्छेहरुमा विभिन्न खालका भयानक रोगहरुको संक्रमण हुने सम्भावना बढ्छ।

खानपानमा हुने अखाद्य वस्तुको मिसावटले हाम्रो शरिरमा विभिन्न रोगको संक्रमण बढेर जाने हुँदा यसमा विशेष ध्यान दिन आवश्यक हुन्छ। खानपान सहित अन्य कुराहरुमा ध्यान दिन नसक्दा हामीलाई बर्षीनै विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ। केही मान्छेहरु कम्जोर आर्थिक अवस्थाका कारण आफ्नो रोगको उपचार गर्न नसक्दा अकालमै ज्यान गुमाउन बाध्य हुन्छन। आज हामी तपाईहरुलाई थोरै रकमले विभिन्न रोगहरुको उपचार गर्न सकिने विधिबारे जानकारी दिन जाँदै छौँ।

कोहीबेला हाम्रो हड्डी दुख्ने समस्या पेन किलरको मद्धतले केही समय कम गर्न सकिन्छ। तर घरि घरि यस चक्कीको प्रयोग गर्दा शरिरमा झन् ठूलो समस्या आउने गर्छ। एक वा दुई पटक सेवन गर्न मात्र उपयुक्त यस चक्कीले शरिरमा साईड इफेक्ट हुने सम्भावना बढी हुन्छ। तपाईलाई आज हामी जाईफलको केही महत्व बताउन जाँदै छौँ जुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने गर्छ। जाईफलले तपाईको शरिरको सम्पूर्ण दुखाई कम गर्नुको साथै अन्य समस्या समेत कम गर्ने गर्छ ।

जाईफलमा हुने फसफोरस र क्याल्सियमको अधिक मात्राले हाम्रो शरिरको विभिन्न समस्या हल गर्न मद्धत गर्छ। जाईफलको प्रयोग गर्दा सर्वप्रथम यसको पाउडर बनाउन आवश्यक हुन्छ। हरेक दिन विहान खालीपेटमा एक गिलास मनतातो पानीमा मिसाएर खानुहोस् । यो तपाईको हड्डीको लागि धेरै फाइदाजनक हुने गर्छ। यसको साथै यसरी नियमित जाईफल खाने गर्दा तपाई त पेट वा टाउको दुख्ने समस्याबाट समेत छुटकारा पाउन सकिन्छ।

प्रकाशित : बुधबार, साउन ०७, २०७७१३:२३

यसरी उसिनेको अण्डा खानुहोस् २ हप्तामै तौल घटाउहोस् (डाइट प्लानसहित)