काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र ध्वस्त पार्न लागि परेको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवसका अवसरमा बुधबार राति एक ट्वीट गर्दै भट्टराईले ओली माथि यस्तो आरोप लगाएका हुन्।
“पुष्पलाल स्मृतिदिवसमा भन्नैपर्छ- केपी ओली पुष्पलालको सपना पूरा गर्न हैन पुष्पलालले शिलान्यास गरेको र हाम्रो पुस्ताले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र ध्वस्त गर्न उद्यत छन्।”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।
ओली राष्ट्रपति,अदालत,अख्तियार,सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने र देशमा फासिवाद लाद्ने बाटोमा लागेको उनको आरोप छ। भट्टराईले ओलीको योजना विफल बनाउन लड्नु पर्ने पनि बताएका छन्।
PLस्मृतिदिवसमा भन्नैपर्छ-KPOऐलेPLको सपना पूरा गर्न हैन PLले शिलान्यास गरेको र हाम्रो पुस्ताले निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्र ध्वंसगर्न उद्यत छन्।राष्ट्रपति,अदालत,अख्तियार,सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने र देशमा फासिवाद लाद्ने बाटोमा छन्।नझुकौं,लडौं!
— Baburam Bhattarai (@brb1954) July 22, 2020
“ओली राष्ट्रपति,अदालत,अख्तियार,सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने र देशमा फासिवाद लाद्ने बाटोमा छन् । नझुकौं,लडौं”,भट्टराईले भनेका छन्।