वृश्चिक राशि

तत्व: जल
गुण: स्थिर;स्त्रीत्व ;नकारात्मक
स्वामी: मंगल
व्यक्तित्व
वृश्चिक राशिका मानिस निकै रहस्यमय किसिमका हुन्छन्| भावुक र आकर्षक यिनीहरु जीवनको बारेमा धेरै कुरा जान्दछन् तर पनि अझ धेरै जान्ने प्रयास गर्छन्| रहस्य वा उल्झन सुल्झाउने प्रक्रियामा, समस्या होस् या नहोस् यिनीहरू रहस्यमय रहन्छन्। सधैं अरुप्रति संका गर्ने यिनीहरु आफ्नो स्वाभिमान र आफन्तप्रति भने निकै रक्षात्मक हुन्छन्| यदि कसैले यिनीहरूलाई हानि पुर्याउँछ भने यिनीहरू शत्रुलाई पनि नष्ट गर्नमा विश्वास गर्छन्| यिनीहरु आफ्नो कर्तव्य पूर्ण रूपमा पालना गर्छन्| तर कहिलेकाही मनमा एक असुरक्षाको भावना सधैँ रहिरहन्छ कि आफ्नो पछाडि केहि गलत भइरहेको छ कि भनेर|
वृश्चिक राशिको लागि प्रेम के हो त ?
वृश्चिक राशिका मानिसको लागि प्रेम भनेको कसैको लागि आफ्ना सबै इच्छाहरूको त्याग गर्नु जस्तै हो र यिनीहरूको यो गुण यिनीहरूको जीवन, विचार तथा शोखमा प्रतिबिम्बित हुन्छ। यिनीहरूको प्रदर्शन र बुझ्ने तरिका शारीरिक भने पनि यिनीहरूको लागि प्रेम सर्वोच्च हुन्छ। यस राशिका मानिसको लागि शारीरिक आनन्दबाट प्रेम महशुस गर्नु एक अज्ञात कुरा थाहा पाउनु जस्तै हो। यिनीहरूको यस पक्षको कारण यी मानिस गलत मानिन्छन्, तर यस राशिका व्याक्त्तिको लागि यो एक अध्यामिकता प्राप्त गरे जस्तो हो।
प्रेम आचरण
वृश्चिक राशिका मानिस शक्तिशाली, सुरक्षात्मक, शौम्य, प्यारा तथा निष्ठावान प्रेमी हुन्छन्। यिनीहरू आफ्नो प्रेम बुझ्न र अधिक जान्न पूर्ण समय लिन्छन्। शक्तिशाली र चुम्बकीय आकर्षणको मालिक यस राशिका मानिस असंख्य व्यक्तिको ध्यान आकर्षित गर्न सक्षम हुन्छन्। धेरै व्यक्तिहरू यिनीहरूको आकर्षणको सिकार हुन्छन् तर यी मानिसले विरलै उनीहरुको नकारात्मक फाइदा लिन्छन्। यिनीहरू प्रेममा तथा आफ्नो प्रेमीप्रति पूर्ण रूपमा समर्पित हुन्छन्। वृश्चिक राशिका मानिस प्रेममा पूर्ण रूपले डुबेका हुन्छन्। यस राशिका व्यक्ति बाहिरबाट कठोर देखिए पनि भित्रबाट असुरक्षित महसुस गर्छन् कि उनीहरूको प्रेम नछुटोस्।

