भारतमा कोरोनाले थप उग्र रुप लिने संकेत: संक्रमण अहिले सम्मकै उच्च, दैनिक मृत्यु पनि ह्वातै बढ्यो

एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमणले थप उग्र रुप लिने देखिएको छ। पछिल्ला दिनहरुमा त्यहाँ दैनिक संक्रमणमा मात्र नभई दैनिक मृ-त्युमा पनि वृद्धि देखिएको छ।

बितेको २४ घटनामा भारतमा अहिले सम्मकै बढी ४५ हजार ५ सय ९९ कोरोना भाइरस संक्रमित फेला परेका छन्। अहिले सम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ३९ हजार ६ सय पुगेको छ।

यस्तै भारतमा मृ-त्यु पनि बढेको छ। बितेको २४ घण्टामा त्यहाँ १ हजार १ सय २० जनाले ज्यान गुमाएका छन्। यससँगै भारत दैनिक हजार भन्दा बढी मृ-त्यु हुने तेस्रो मुलुक बन्न पुगेको छ।

दैनिक धेरै मृ-त्यु हुने मुलुकहरुमा भारत भन्दा अगाडी अमेरिका र ब्राजिल छन्। त्यहाँ पनि अहिले कोरोना भाइरस संक्रमणका कारण हजार जना भन्दा बढीको ज्यान गइरहेको छ ।

भारतमा एकै दिन यति धेरैले ज्यान गुमाएको दोस्रो पटक हो। यस भन्दा अगाडी भारतमा सबै भन्दा धेरै जून महिनाको १६ तारिखमा २ हजार ६ जनाको ज्यान गएको थिए। यो समाचार तयार पार्दा सम्म भारतका कुल संक्रमित मध्ये २९ हजार ८ सय ९० जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा संक्रमित संख्या तिब्र गतिले बढ्दै गर्दा निको हुनेको संख्या पनि बढिरहेको छ। अहिले सम्म त्यहाँ कुल संक्रमित मध्ये ७ लाख ८४ हजार भन्दा बढी निको भइसकेका छन्। भारतमा सक्रिय सक्रिय संक्रमित संख्या ४ लाख २५ हजार भन्दा बढी छ।

प्रकाशित : बिहिबार, साउन ०८, २०७७०६:४५

चीनको ग्रेटवालको झल्को दिने हिमालयन हेलम्बु ग्रेट ट्रेल यस्तो बन्दैछ ! [फोटो फिचर]