चाणक्य नीति – महिलाहरु यस्ता ३ अवगुण देखि टाढा रहेको राम्रो, अन्यथा …

हिन्दू धर्मशास्त्रमा महिलाका विभिन्न गुणहरू वर्णन गरिएको छ। स्त्री लक्ष्मी हुन्, उनी दुर्गा हुन्, उनी घरको सौन्दर्य हुन्| महिलालाई सदैव बलिदान र अनुकम्पाको प्रतिक मानिन्छ। तर हामी सबैलाई थाहा छ, हाम्रो समाज सँधै पुरुष प्रधान  रहेको छ| दुर्भाग्यवस पितृसत्ताको कारण महिला शोषणका कथाहरू पनि हाम्रो विगत र वर्तमानका अंश हुन्।

प्रख्यात नीतिशास्त्री र महान् अर्थशास्त्री आचार्य चाणक्य विश्वास गर्थे कि महिलाहरू पुरुषहरूभन्दा श्रेष्ठ हुन्छन्। जबकि एक प्रतिभाशाली र बुद्धिमान महिलाले घरलाई स्वर्ग बनाउन सक्छिन्,भने उनी स्वर्ग जस्तो घरलाई नरकमा पनि बदल्न सक्छिन्। चाणक्य विश्वास गर्थिन् कि महिला शक्तिको एक स्वरूप हुन्, र उनीहरूलाई आफ्नो क्षमताहरु बारे ज्ञान हुनुपर्छ।

आचार्य चाणक्यका अनुसार महिलाको गुणहरू उनको गहना हुन्, त्यसैले उनले महिलालाई केहि चीज वा अवगुणबाट टाढा रहन सल्लाह दिएका छन्| उनी भन्छिन् कि यी अवगुणले कुनै पनि महिलाको जीवनलाई जोखिममा पार्दछ र साथसाथै उनको परिवारको सद्भावनाका लागि यो राम्रो हुँदैन| उनले यी सबैबाट टाढा रहनु पर्छ ताकि आफ्नो तथा आफ्नो परिवारको सम्मान सँधै कायम रहोस्।

लालच 

चाणक्य नीतिका अनुसार मानिसको धेरै जसो समस्या लालचको कारण नै निम्तिन्छ| र यदि यो लालच एक महिलाको मब्न्मा पैदा भयो भने यसले झन् धेरै समस्या निम्त्याउन सक्छ| एक लालची स्त्री आफ्नै परिवारको लाश गर्छिन र आफु पनि जिन्दगी भर दुखी रहन्छिन्| लालची स्त्री आफ्नो जीवनमा कहिले पनि सन्तुष्ट रहन सक्दिनन् र एक सफल वैवाहिक जीवनको लागि स्त्री सन्तुष्ट हुन जरूरी हुन्छ|

अहंकार 

एक स्त्री आफ्नो अहंकारी हुनु हुन्न, उनलाई सधैँ प्रशन्न हुनु पर्छ किनकि एक परिवारको प्रशन्नता र खुशी घरको महिलाको प्रशन्नतामा भर पर्छ| एक अहंकारी महिला एउटा परिवार नष्ट गर्न सक्छिन्| अहंकारी महिलाको साथ आफ्नै परिवार र आफन्तले पनि छोड्छन्|

अशिक्षा 

एक महिलाको लागि अशिक्षा श्राप जस्तै हो| एक शिक्षित र समझदार महिलाले परिवार र समाजको भलाइमा विशिष्ट भूमिका खेल्न सक्छिन्। एक शिक्षित महिलाले सही र गलतको बीच भिन्नता छुट्याउन सक्छिन्।

प्रकाशित : बिहिबार, साउन ०८, २०७७१६:४५

भोलि नाग पञ्चमी: चट्याङ, अग्नि र सर्पको भयबाट बच्न यसरी गर्नुहोस् पूजा !