भाइको अवसानले महानायक हमाल मर्माहत, भावुक हुँदै सार्वजनिक गरे पूराना याद !

काठमाडौँ – आफ्ना प्रिय भाइ राकेश हमालको अवसान पश्चात नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल मर्माहत र भावुक भएका छन्।

हमालले भावुक हुँदै सामाजिक संजाल फेसबुक मार्फत भाइसँगका तस्विरहरु सार्वजनिक गरेका छन्। हमालले भाइसँगका बाल्यकाल देखि अहिले सम्मका तस्विरहरु राख्दै भाइको चिरशान्तिको कामना पनि गरेका छन्।

“अलबिदा प्रिय काकु। तिम्रो आत्मालाई सधैँ शान्ति मिलिरहोस्।”,भाइलाई काकु भनेर सम्बोधन गर्दै राजेश हमालले फेसबुकमा लेखेका छन्।

हमालका भाइ राकेश हमालको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो। उनको दिल्ली स्थित ह्याम्स अस्पतालमा निधन भएको हो।

कलेजोको रोगबाट ग्रस्त रहेका उनलाई अगाडी मात्र उपचारको लागि भारत पुर्याएको थियो। उनलाई प्लेन चार्टर्ड गरेर दिल्ली स्थित ह्याम्स अस्पताल पुर्याएको र उनको त्यहिँ निधन भएको बताइएको छ।

महानायक हमालसँग धेरै नै नजिक रहेका भाइ राकेश हमाल एकै घरमा बस्दै आएका थिए।

प्रकाशित : बिहिबार, साउन ०८, २०७७०९:३२

त्रिविका सबै परीक्षा दशैँ अगाडि !