काठमाडौँ उपत्यकामा ९ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – बिहिबार काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यकामा रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट उपत्यकाका ९ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेम ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले भक्तपुरका २ जना, ललितपुरका २ जना र काठमाडौँका ५ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा ललितपुरका १ र काठमाडौंका २ जना, पाटन अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र स्टार अस्पतालको ल्यावमा गरिएको परीक्षणमा ललिपुरका १ जनामा कोरोनाको पुष्टि भएको हो।

बिहिबार देशभर १ सय ४७ जनामा कोभिड १९ पुष्टि भएको छ। ३ हजार ४ सय ८१ को पीसीआर गर्दा १ सय ४६ जनामा कोरोनाको पुष्टि भएको प्रवक्ता गौतमले बताए। थप पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।

बिहिबार १ सय ५६ जना डिस्चार्ज भएका छन्। जससँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ भने सक्रिय संक्रमित संख्या ५ हजार ३ सय ५८मा झरेको छ।

प्रकाशित : बिहिबार, साउन ०८, २०७७११:२१

वर्षाका कारण सात राष्ट्रिय राजमार्गमा असर, चार राजमार्ग ठप्प