बाबुरामले भने – “ज्यानमारा सम्रक्षण गर्ने न्यायाधीशमाथि महाभियोग लगाऊँ”

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन पर्ने बताएका छन्।

शुक्रबार बिहान एक ट्वीट गर्दै भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन र ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री चयन गर्न आवश्यक भैसककेको बताएका हुन्।

भट्टराईले देश गम्भीर संकटतिर जाँदै गरेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्न र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन संसद अधिवेशन तत्काल बोलाउन उनको माग छ।

साथै भट्टराईले ष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जान आवश्यक भइसकेको पनि बताएका छन्।

“देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं: १.संसद अधिवेशन बोलाऊँ; २.केपी शर्मा ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं; ३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ; ४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं; ५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!”,भट्टराईले ट्वीटरमा लेखेका छन्।

श्रीमतीको ज्यान लिएको घटनामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने सर्वोच्च अदालतको फैसलापछि भट्टराईको यस्तो टिप्पणी आएको हो।

यस भन्दा अगाडी पनि बिहिबार भट्टराईले रञ्जन कोइराला छुटेको विषयको चर्को आलोचना गरेका थिए। भट्टराईले कैद घटाउने सर्वोच्चको फैसलालाई असफल राज्यको लक्षण भनेका थिए ।

प्रकाशित : शुक्रबार, साउन ०९, २०७७०२:४७

“बरु खोले सिस्नु खाएर बसौँला, अब भारत बस्नुपर्दैन”