लौकाको तरकारी थोरै मानिसलाई मात्र मन पर्छ| लौका स्वास्थ्यको साथ साथै हाम्रो छालाको लागि पनि अत्यन्त लाभदायक हुन्छ| लौकाको जुस पिउनाले छालामा चमक आउँछ| तर के तपाईंलाई थाहा छ त कि लौकाको बोक्रा पनि लाभकारी हुन्छ भनेर? यसको बोक्राको प्रयोगले छालामा चमक आउनुका साथै अरु पनि थुप्रै फाइदा गर्छ|
बेजान तथा कालो छालाको लागि
कडा घामले छाला जलाउँछ| सनबर्नको कारण छाला बेजान र कालो हुन्छ। लौकाको बोक्रा सनबर्न हटाउन प्रयोग गर्न सकिन्छ। लौकाको बोक्रालाई ग्राइन्डरमा राख्नुहोस् र पिसेर पेस्ट तयार पार्नुहोस्। यो पेस्ट १५ मिनेटसम्म अनुहार र घाँटीमा लगाउनुहोस् र त्यसपछि पानीले धुनुहोस्।
चमकदार छाला
निर्जीव छालाको लागि लौका प्रयोग गर्न सकिन्छ। लौकामा फाइबर, भिटामिनहरू पाइन्छन्। जुन छालाका लागि धेरै फाइदाजनक हुन्छ। चमकदार छालाका लागि लौकाको बोक्रा प्रयोग गर्न सकिन्छ। लौकाको बोक्राको फेस प्याक बनाउनको लागि पहिले लौकाको बोक्रा राम्रोसँग पिस्नुहोस् र पेस्ट तयार गर्नुहोस्| त्यसपछि पेस्टमा चन्दनको पाउडर मिलाउनुहोस्। तयार भएको पेस्ट अनुहारमा लगाउनुहोस्। हप्तामा दुई देखि तीन पटक पेस्ट प्रयोग गर्दा अनुहारमा चमक आउँछ।
जलन
कहिलेकाँही छालामा जलन हुन्छ। यस्तो अवस्थामा, लौकाको बोक्रा अनुहारमा लगाउनाले जलनबाट राहत प्रदान गर्छ।
लौका र गुलाब जल
लौकाको बोक्रालाई घाममा सुकाउनुहोस् र यसलाई पीस्नुहोस्। लौकाको पाउडरमा गुलाब जल मिलाएर पेस्ट तयार गर्नुहोस्। यो तयार मिश्रण अनुहारमा लगाउनुहोस्। १५ मिनेट पछि अनुहार धुनुहोस्। लौका र गुलाब जलको यो पेस्टको प्रयोग गर्नाले अनुहारको दाग-धब्बा कम हुन्छ। अनुहारको चमक पनि बढ्छ।