बलिउडका यी ४ अभिनेताले विवाहमा ह्याट्रिक गरे !

तपाईलाई लग्न सक्ला कि जीवनमा एकपटक विवाह गरे त भैहाल्यो नि? हाम्रो समाजमा एकपटक विवाह गर्दा अग्नि साक्षि राखेर सात जन्म सँगै रहने कसम खाइने गरिन्छ। तर बलिउडमा यस्ता व्यक्तिहरु पनि छन् ,जसले एक पटक हैन, दुई पटक हैन ३ पटक सम्म पनि विवाह गर्न भ्याएका छन्। आज हामी ति मध्य केहि व्यक्तिको बारेमा चर्चा गर्ने छौ। जसले ३ चोटी सम्म विवाह गरिसकेका छन्।

सञ्जय दत्त

सञ्जय दत्तलाई पुराना कलाकारको रुपमा हेरिने गरिन्छ भने उनलाई नचिन्ने पनि कमै मात्र होलान्। उनको पहिलो विवाह ऋचा शर्मासंग भएको थियो तर उनको मृत्यु ट्युमरका कारण हुन पुग्यो। त्यस पछी सञ्जय दत्तले रिया पिल्लाईसँग विवाह गरे पनि सम्बन्ध धेरै टिक्न सकेन। त्यस पछी उनले आफ्नो पुरानो प्रेमिका मान्यतासँग विवाह गरेसँगै विवाहको मामला ह्याट्रिक गरेका हुन्।

करण सिंह ग्रोभर

करण सिंह प्राय सानो पर्दामा धेरै चर्चित रहे भने उनको पहिलो विवाह श्रद्दा निगमसँग भएको थियो। तर सम्बन्ध ८ महिना भन्दा नटिके पछी उनले आफुसंगै सिरियलमा काम गर्ने जेनिफेर विन्गेटसँग विवाह गरे। उनीहरुको सम्बन्ध २ वर्ष भन्दा टिक्न सकेन। त्यस पछी सुनिलले बिपासा बसुसँग विवाह गर्दै विवाहको मामलामा ह्याट्रिक गरेका हुन्।

सिद्धार्थ रोय कपूर

धेरै जवान हुँदा विवाह गरेका सिद्धार्थको पहिलो श्रीमती आरति भाराज रहेकी थिईन्। जोस सिद्धार्थको मिल्ने साथै समेत थिईन्। तर सम्बन्ध धेरै टिक्न नसके पछी उनले एक टेलिभिजन निर्मातासँग विवाह गरे। तर यो सम्बन्ध पनि खासै टिक्न नसके पछी उनीहरु छुट्टिए। विध्या बालनसँग प्रेम विवाह गरेसँगै सिद्धार्थले विवाहको मामलामा ह्याट्रिक गरे।

कमल हसन

कमल हसनले शुरुमा विवाह गरेका भानि गणपथीसँग १० वर्ष पछी छुट्टिए। १० वर्ष सम्ममा एउटा पनि बच्चा नभएको यस जोडी छुटिएको थियो। त्यस पछी सारिकासँग विवाह बन्धनमा रहेका कमलको यस जोडीबाट दुई छोरी भए। श्रुति र अक्षरा हसन सारिका र कमल दम्पत्तिका छोरीहरु हुन्। सारिकासँग पनि सम्बन्ध टिक्न नसके पछी गौथमीसँग गरेका कमलको अहिले सम्बन्ध टुटेको हल्ला चल्ने गरेको छ। विवाहको मामलामा व्याट्रीक गरे पनि कुनै पनि श्रीमती अहिले उनको साथमा छैनन्।

प्रकाशित : शुक्रबार, साउन ०९, २०७७१५:४४

विवाहको तयारीमा थिइन् युवति, दुष्टले एसिड खन्याइदिए !