ज्योतिषशास्त्रमा पाँच तत्वहरु उल्लेख गरिएका छन्। यस अनुक्रममा, १२ राशिहरु चार तत्वहरूमा विभाजन गरिएको छ। पृथ्वी, जल,वायु र अग्नि। आकाश तत्वको कुनै पनि राशि छैन, तर यो तत्व कुम्भ राशिको निकट मानिन्छ। जल तत्व अन्तर्गत तीन राशि चिन्हहरु; कर्कट, वृश्चिक र मीन समावेश छन्। यी राशिहरू जलको प्रकृतिका हुन्छन् र चन्द्रमासँग निकट सम्बन्धित छ भन्ने विश्वास गरिन्छ। ज्योतिषशास्त्र अनुसार यी राशि ज्ञान, कल्पना र उदारता का राशि हुन्।
कर्कट राशि
- कर्कट राशिको स्वामी चन्द्रमा हो| त्यसैले यस राशिका मानिसको स्वभावमा चन्द्रमाको प्रभाव हुन्छ|
- यस राशिका मानिस सुन्दर र चन्चल स्वभावका हुन्छन्|
- कर्कट राशिका मानिस कल्पना,सौन्दर्य,धैर्य तथा ज्ञानको गुणले सम्पन्न हुन्छन्|
- यिनीहरुमा रहेको अत्यन्त भावुक स्वभावको कारण कहिलेकाही मुश्किल अवस्था सिर्जना गर्न सक्छ|
- यिनीहरुको विवाहिक जीवन तथा प्रेम सम्बन्ध त्यति राम्रो हुँदैन|
- कर्कको व्यक्तिले ओपल वा मोती रत्न लगाउनु राम्रो हुन्छ।
- भगवान शिवको पूजा गर्नु लाभकारी हुन्छ।
वृश्चिक राशि
- वृश्चिक राशिको स्वामी मंगल ग्रह हो| त्यसैले यस राशिका मानिसको स्वभावमा मंगलको असर हुन्छ|
- यस राशिमा चन्द्रमा कमजोर हुन्छ| त्यसैले गर्दा यस राशिका मानिसमा तनाब बढि हुन्छ|
- यस राशिका मानिसमा कला, शिक्षा, लेखन तथा राजनीतिका गुण हुन्छन्|
- यस राशिका मानिसमा स्वास्थ्य क्षेत्रको निकै रुचि हुन्छ|
- दाम्पत्य जीवन निकै सुखमय हुन्छ|
- यस राशिका मानिसको कमजोरी भनेको यिनीहरुको प्रतिशोधात्म प्रकृति हो|
- यिनीहरुले मुंगा वा माणिक रत्न लगाउनु राम्रो हुन्छ|
मीन राशि
- मीन राशिको स्वामी बृहस्पति हो| त्यसैले यस राशिका मानिसहरूमा बृहस्पतिको प्रभाव बढि हुन्छ।
- मीन राशिमा चन्द्रमा पूर्णतया सन्तुलित हुन्छ।
- यस राशिका मानिसमा ज्ञान, ग्ल्यामर, कला तथा शिक्षाका गुण हुन्छन्।
- यिनीहरूलाई धेरै राम्रो हिलर पनि मानिन्छ।
- प्रायः यी व्यक्तिहरू आफ्नो जवानीमा गलत बाटोमा लाग्छन्, तर पछि सहि दिशा पाए भने निकै प्रगति गर्न सफल हुन्छन्।
- यिनीहरूलाई सबै कुरा पर्फेक्ट चाहिन्छ।