प्राचीन कालदेखि नै भाउजुलाई आमाको दर्जा दिइन्छ र देवर र भाउजुको सम्बन्धलाई आमा छोराको सम्बन्धका रूपमा लिइन्छ। एकातिर, धेरै कथाहरू छन् जसमा भाउजुले आफ्ना देवरहरू आफ्ना बच्चाहरूको जस्तै हेरचाह गरेका छन्, जबकी रामायणदेखि महाभारतसम्मका केहि कथाहरूमा जब आफ्नो श्रीमानको निधनपछि, भाउजुले देवर वा जेठाजुसँग विवाह गरेकी छिन्।
तारा
महा शक्तिशाली बालीको विवाह तारासँग भएको थियो र तारा आफैमा एक अप्सरा थिइन्। जब श्री रामले बोलीको वध गरे, प्राण त्याग्नु अघि आफ्नी श्रीमतीलाई आफ्नो कान्छो भाई सुग्रीवसँग बिहे गर्नु भनेका थिए। ताराले आफ्नो श्रीमानको आदेशलाई अनुसरण गर्दै सुग्रीवसँग विवाह गरिन्।
मन्दोदरी
मन्दोदरी लंकापति रावणकी पत्नी थिइन्। रामायणमा रावणको भगवान श्री रामको हातबाट वधपछि मन्दोदरीले रावणको भाई विभीषणसँग विवाह गरेको भनेर उल्लेख गरिएको छ। आफ्नो अन्तिम समयमा रावणले आफुले भगवान रामबाट मुक्ति पाएको र राज काजको कुशल संचालनमा मद्दतको लागि मन्दोदरीलाई विभीषणसँग विवाह गर्न भनेका थिए। मन्दोदरीले कुलको मर्यादाको रक्षा गर्न विभीषणसँग विवाह गरेकी थिइन्।
भानुमती
दुर्योधनले जबरजस्ती कम्बोज राज्यकी राजकुमारी भानुमतीसँग विवाह गरे तर उनी कर्णलाई माया गर्थिन्। जब महाभारत युद्धमा कर्ण र दुर्योधन दुबै मा-रिए, भानुमतीले अर्जुनलाई आफ्नो पति मानेर अर्जुनसँग विवाह गरिन्।
अम्बा र अम्बालिका
हजुरबुवा भिष्मले काशीका राजकुमारी अम्बा र अम्बालिकाको विवाह उनका सौतेनी भाइहरू चित्रांगड र विचित्रवीर्यसँग गराएका थिए। यी दुबैको मरण पछि भीष्मले कुरु वंशलाई अगाडि बढाउन वेदव्याससँग दुई राजकुमारीहरू विवाह गराए, जो सम्बन्धमा यी दुईका जेठान थिए। धृतराष्ट्र र पाण्डु यस विवाहबाट नै जन्मेका थिए।