शरीरको कुनै पनि भाग चिलाउनु एक सामान्य शारीरिक गतिविधि हो जुन कुनै पनि समय कहिँ पनि हुनसक्छ। तर ज्योतिषशास्त्र अनुसार शरीरको कुनै पनि भाग चिलाउनु समुद्री शास्त्र अर्थात् हस्तरेखाविज्ञानसँग जोडेर हेरिन्छ। यो मात्र होईन, यस मार्फत यो पनि जान्न सकिन्छ कि शरीरका बिभिन्न अंगहरु चिलाउँदा भविष्यमा के हुनसक्छ।
दायाँ हात
यदि कसैको दायाँ हातको हत्केला चिलायो भने बुझनुहोस् कि तपाईंलाई छिटै नै धन लाभ हुनेछ| तर यदि बायाँ हात चिलायो भने पैसा खर्च वा घाटा हुनेछ|
आँखा
यदि तपाईको आँखा वरिपरि चिलायो भने, कतैबाट पैसा लाभ हुने सम्भावना छ वा यो पनि हुन सक्छ कि यदि तपाइँको कुनै काम पैसाको कारण अड्किएको छ भने त्यहाँ फाइदा हुनेछ।
छाती
यदि पुरुषको छाती चिलाइ रहेको छ भने, उनीहरूलाई बुबाको सम्पत्ति मिल्ने संकेत हुन सक्छ। तर महिलाको छाती चिलाएको छ भने उनको बच्चा कुनै प्रकारको रोगबाट संक्रमित हुन सक्छ ।
ओठ
यदि तपाईंको ओठ वरपरि चिलाइ रहेको छ भने तपाईंलाई स्वादिष्ट भोजनको अवसर मिल्नेछ।
पीठ
पीठ चिलाउनुको मतलब तपाईं थोरै सतर्क हुन जरूरी छ। किनभने पीठमा चिलाउनु भनेको कुनै पनि प्रकारको रोगको शिकार हुने संकेत पनि हुनसक्छ।
पैताला
पैताला चिलाउनुको मतलब यात्राको योग बन्ने संकेत हो। तपाईंको पैताला चिलाएको छ भने तपाईंको घुम्ने योग बन्नेछ।