काठमाडौँ, साउन ११ । चर्चित गायक सुगम पोखरेलका बाबुको निधन भएको छ । शनिवार राति ८० वर्षको उमेरमा एकनाथ पोखरेलको निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार पोखरेलको आइतबार अन्त्यष्टि गरिनेछ । पोखरेलका पत्नि, ५ सन्तानहरु नाट्यकर्मी सुनिल पोखरेल, शुशिल पोखरेल, गायक सुगम पोखरेल , सुनिता पौडेल र कविता गुरागाई रहेका छन् ।
पोखरेलको निधन भएको बारे सुगमका नजिकका साथी दिपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
सुगम पोखरेल नेपाली गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक हुन् । उनको थुप्रै गीतहरु चर्चित भएका छन् । सुरिलो स्वरका धनी गायक सुगम पोखरेल पछिल्लो समय चलचित्रका पाश्र्व गायनमा व्यस्त रहेका छन् ।

