चर्चित गायक सुगम पोखरेललाई पितृ शोक!

काठमाडौँ, साउन ११ । चर्चित गायक सुगम पोखरेलका बाबुको निधन भएको छ । शनिवार राति ८० वर्षको उमेरमा एकनाथ पोखरेलको निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार पोखरेलको आइतबार अन्त्यष्टि गरिनेछ । पोखरेलका पत्नि,  ५ सन्तानहरु नाट्यकर्मी सुनिल पोखरेल, शुशिल पोखरेल, गायक सुगम पोखरेल , सुनिता पौडेल र कविता गुरागाई रहेका छन् ।

पोखरेलको निधन भएको बारे सुगमका नजिकका साथी दिपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

सुगम पोखरेल  नेपाली गीतसंगीत दुनियाका एक प्रख्यात पप गायक हुन् । उनको थुप्रै गीतहरु चर्चित भएका छन् । सुरिलो स्वरका धनी गायक सुगम पोखरेल पछिल्लो समय चलचित्रका पाश्र्व गायनमा व्यस्त रहेका छन् ।

प्रकाशित : आइतबार, साउन ११, २०७७०६:१३

अस्ट्रेलियामा कोरोनाबाट अहिले सम्मकै ठूलो क्षति !