आज पनि बढ्यो सुनको मूल्य ! कति पुग्यो ? [मूल्य सहित]

काठमाडौँ – सोमबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ। एकै दिन १ हजार २ सय रुपैंयाले बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ९७ हजार ५ सय कायम भएको छ। नेपाली बजारमा सुनको यस मूल्य अहिले सम्मकै उच्च हो।

केहि हप्ता देखि लगातार बढिरहेको सुनको भाउले दिनहुँ नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। शुक्रबार ९५ हजार ८ सय भएको सुनको मूल्य आइतबार ५ सय रुपैंया बढेर ९६ हजार ३ सय पुगेको थियो।

सोमबार तेजावी सुनको मूल्यमा पनि १ हजार ३ सय रुपैंया वृद्धि भएको छ। सोमबार तेजावी सुन प्रतितोला ९७ हजार ६० मा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला १ हजार २ सय १० पुगेको छ। आइतबार १ हजार १ सय ५५ मा कारोबार भएको चाँदीको मूल्य ५५ रुपैंयाले बढेको हो।

प्रकाशित : सोमबार, साउन १२, २०७७०६:११

लकडाउन पछि ह्वातै बढ्यो स्कुटर सिक्ने महिलाहरुको संख्या !